IME Life New

मर्सिडिजको ‘सुपरकार’: गाडी हो कि फाइटर जेट !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जर्मनीको अग्रणी लक्जरी कार निर्माता मर्सिडीज बेन्जले आफ्नो नयाँ भिजन वन–इलेभेन कन्सेप्ट कार भारतको मुम्बईस्थित नीता मुकेश अम्बानी सांस्कृतिक केन्द्रमा प्रदर्शन गरेको छ। सन् १९६० र १९७० को दशकका प्रसिद्ध सी१११ कारहरुबाट प्रेरित यस कारको लुक र डिजाइन एकदमै अद्वितीय छ। भिजन वन–इलेभेन मर्सिडिज–मेब्याच भिजन ६ कुप, एएमजी जीटी६, इलेक्ट्रिक जी–क्लास र प्रोजेक्ट मेब्याकपछि मर्सिडिज–बेन्जद्वारा भारतमा प्रदर्शन गरिएको पाँचौँ युनिक ‘कन्सेप्ट कार’ हो।

भिजन वन–इलेभेन कन्सेप्ट मिड इन्जिन इलेक्ट्रिक स्पोर्ट्स कार हो। जसलाई स्मुद र एरोडायनामिक बडीका साथ डिजाइन गरिएको छ। यसले ड्रयाग कम गर्न मद्दत गर्ने कम्पनीको दाबी छ। यो कारको केबिन हेर्दा एउटा लडाकु विमानको याद आउनेछ। सिल्भर कलरको सिट र विमानशैलीको भित्री भाग धेरै आकर्षक छ।

Esewa
Crest

यो कम्पनीले ल्याएको नयाँ दुई सिट इलेक्ट्रिक हाइपरकार कन्सेप्ट मोडल हो। मोनोलिथिक एक्सटेरियर डिजाइन, गुल्विङ डोर, सिल्भर अपहोल्स्ट्रीले सुसज्जित यस कारको कन्सेप्ट सी१११ लाई ट्रिब्युट दिन तयार गरिएको छ।

सी१११ सत्तरीको दशकको प्रायोगिक मध्य–इन्जिन सवारीसाधनहरुको एउटा शृंखला थियो। जुन मूल रुपमा रोटरी इन्जिनहरुको साथ आएको थियो। तर, यो उत्पादनको स्तरमा पुग्न सकेन र त्यो अवधिमा प्रयोगका रुपमा १२ इकाइमात्र तयार पारियो।

यो कार मर्सिडिजका चिफ डिजाइन अफिसर गोर्डन वाग्नरले डिजाइन गरेका हुन् र उनले यसलाई सुन्दर राइड बनाउन कुनै कसर बाँकी राखेका छैनन्। भिजन वन–इलेभेनले बेलायती फर्म यासाद्वारा निर्मित दुईवटा रियर–माउन्ट अक्षीय–फ्लक्स इलेक्ट्रिक मोटरहरु प्रयोग गर्दछ। यसको लिक्विड–कुल्ड बेलनाकार ब्याट्री सेल मर्सिडिज–एएमजीको युके–आधारित फर्मुला १ डिभिजनले तयार पारेको हो।

कम्पनीले आफ्नो नयाँ कन्सेप्टको पावर र कार्यसम्पादनको बारेमा हालसम्म कुनै तथ्यांक सार्वजनिक नगरे पनि यसलाई विशेष रुपमा कन्फिगर गरिएको छ। जसका कारण राम्रो ड्राइभिङ दायरा र पावर आउटपुटको अपेक्षा गरिएको छ।

मर्सिडीजका प्रमुख टेक्नोलोजी अफिसर मार्कस शेफर भन्छन्, ‘मर्सिडिज–बेन्ज भिजन वन–इलेभेनले भविष्यको कार्यसम्पादनका लागि नयाँ मार्गहरु खोज्छ। यसले मोटरस्पोर्टजस्तै पावर आउटपुट प्रदान गर्दछ।’

मर्सिडिज र यासाले ठूलो मात्रामा एक्सियल फ्लक्स विद्युतीय मोटर उत्पादन गरिरहेका छन्। जहाँसम्म यो कारको डिजाइनको सवाल छ, वन–इलेभेनको स्टाइलले अझ राम्रो एरोडायनामिक झल्काउँछ। जसले यसलाई सुपरकार बन्न सक्षम बनाउँछ। यसको उचाइ निकै कम राखिएको छ।

ब्लफ नोज सेक्शनको साथ यो कारको लो–सेट फ्रन्ट एन्ड पुरानो सी१११ प्रोटोटाइप जस्तो देखिन्छ। यसमा कार्बन–फाइबर स्प्लिटरद्वारा रेखांकित गोल हेडल्याम्पसहितको पिक्सेलेटेड ग्रिल समावेश छ। हेडल्याम्पको पछाडि तीनवटा एयर इन्टेक पनि देख्न सकिन्छ। वान–इलेभेनको पछाडि ठूलो स्पोइलर प्रदान गरिएको छ। जसले डाउनफोर्स बढाउन विस्तार गर्दछ। यसमा आकर्षक अलोय जडान भएका ठूला साइजका पांग्राहरु प्रदान गरिएको छ।

कारको इन्टेरियरको कुरा गर्दा दुई सिटको स्क्वाबलाई पेडलसहित फर्स इन्टिग्रेट गरिएको छ। यसको मतलब चालक र सहचालक दुवै खुट्टा पूरै फैलाएर बस्न सक्छन्। ड्यासबोर्डलाई लेदरमा बेरिएको फर्मुला १ स्टाइल स्टियरिङ ह्विलसँग ब्रस गरिएको एल्युमिनियमले घेरिएको छ। जब कि ड्राइभरको जानकारीका लागि मर्सिडिजको नयाँ ‘एमबीयूएक्स’ सफ्टवेयरद्वारा सञ्चालित डिस्प्लेभित्र सेन्ट्रल केन्द्रीय टचस्क्रिन दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS