IME Life New

मर्जर प्रयोजनका लागि कुमारी र एनसिसी बैंकको शेयर कारोबार रोक्का, १५ दिनसम्म बन्द हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मर्जर प्रयोजनको लागि कुमारी बैंक र एनसिसी बैंकले १५ दिन शेयर कारोबार रोक्का गर्ने भएका छन् । दुबै बैंकले नियामक निकायबाट मर्जरको अन्तिम स्वीकृति पाइसकेका छन् । दुबै बैंकले यहि पुस १७ गतेदेखि एकिकृत कारोबार गर्दै छन् ।

नेपाल धितोपत्र बोर्डबाट जारी धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को निर्देशन नम्बर ९ (२) बमोजिम लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचिकरण प्रयोजनका लागि दुबै संस्थाले एकिकृत वित्तीय कारोबार शुरु हुने मितिदेखि १५ दिनको लागि शेयर कारोबार रोक्का गर्ने व्यवस्था बमोजिम दुबै बैंकले कारोबार रोक्का गर्ने निर्णय गरेका हुन् ।

Esewa
Crest

यहि नियम बमोजिम बैंकले पुस १७ गतेदेखि १५ दिनसम्म शेयर कारोबार रोक्का गर्न थालेको हो । कुमारी सँगै एनसिसी बैंकको पनि शेयर कारोबार रोक्का हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS