IME Life New

मर्जरपछि नेशनल लघुवित्तको शेयर सूचिकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा साबिकको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समिट लघुवित्त वित्तीय संस्था मर्जर पश्चात कायम शेयर सूचिकृत भएको छ । मर्जर पश्चात बनेको नेशनल लघुवित्त वित्तीय संस्थाको नाममा १ करोड ८ लाख ४२ हजार ६३ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।

साबिकको नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच १ः०.७३ को अनुपातमा मर्जर भएर कायम हुन आएको उक्त शेयर नेप्सेमा सूचिकृत भएको हो । धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार नेप्सेमा कारोबार गर्न सकिने गरी शेयर सूचिकरण भएको छ ।

Esewa
Crest

मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको उक्त शेयर कारोबार पनि फुकुवा गरिएको नेप्सेले जनाएको छ । नेप्सेले कम्पनीको शेयरलाई पहिलो कारोबारको लागि १ हजार २१५ रुपैयाँ २९ पैसा ओपनिङ्ग मूल्य तोकिदिएको छ । सोहि मूल्यबाट भोली बुधबारदेखि कम्पनीको शेयर कारोबार खुल्नेछ । कम्पनीको शेयरलाई एनएमएफबीएस कारोबार संकेत प्रदान गरेको छ ।

1692091454189

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS