IME Life New

मर्जरपछि झन् बलियो हुँदै सूर्यज्योति लाइफ: जगेडा कोष ७२% ले बढ्दा जीवन बीमा कोष २७ अर्ब पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले दिएकाे चुक्ता पूँजी वृद्धिकाे निर्देशन पालन गर्न आपसमा गाभिएर सूर्य लाईफ र ज्याेती लाईफबाट सूर्यज्याेती लाईफमा रुपान्तरण भएपछि बीमा काराेबारमा सकारात्मक परिणाम देखिएकाे छ। केही जीवन बीमा कम्पनीहरुबीचकाे मर्जरलाई लिएर कर्मचारीबीचकाे सामञ्जस्यता मिलाउन नसक्दा व्यवसायीक कार्य सम्पादन खस्किएका बेला सूर्यज्याेती लाईफले उत्कृस्ट कार्य सम्पादन प्रकाशित गरेको वित्तीय विवरणबाट देखाएको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार सबैभन्दा धेरै जगेडा कोषमा संचिती बढेको छ । मर्जरपछि कम्पनी झन बलियो हुँदै जगेडा कोषमा संचिती ७२ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

Esewa
Crest

४ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २ अर्ब ४८ करोड ५० लाख ८८ हजार रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा १ अर्ब ४४ करोड ६ लाख रुपैयाँ संचिती रहेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको जगेडा कोषमा संचिती ७२ दशमलव ४९ प्रतिशतले बढेको हो ।
कम्पनीको जीवन बीमा कोष २६ अर्ब ९९ करोड १६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको साहै अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार २० अर्ब ३५ करोड थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा जीवन बीमा कोष ३२ प्रतिशतले बृद्धि भएको हो । महाविपत्ती कोषमा ३२ करोड ५७ लाख रुपैयाँ रहेको छ । एक्चुरी भ्यलुएशन पछि बीमा कम्पनीको वास्तविक नाफा आउने छ।

समिक्षा अवधिमा कम्पनीको खुद नाफा २३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यसै अवधिमा ३७ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले यस अवधिमा ४६ करोड ३ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको कूल बीमा शुल्कमा सामान्य गिरावट आएको छ । यस अवधिमा कम्पनीले ८ अर्ब ८१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ८ अर्ब ८८ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीको अभिकर्ता कमिशन १६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यसै अवधिमा अभिकर्ता कमिशनमा ९१ करोड ६६ लाख खर्चिएको कम्पनीले यस समिक्षा अवधिमा ७६ करोड २० लाख रुपैयाँ मात्रै खर्चिएको छ ।

समिक्षा अवधिमा कम्पनीको कुल दाबी भुक्तानी ७ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १० रुपैयाँ १३ पैसा रहेको छ भने किताबी मुल्य १६१ रुपैयाँ ८४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

73%
happy

खुसी

5%
sad

दु :खी

9%
amazed

अचम्मित

5%
excited

उत्साहित

9%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS