IME Life New

मर्जरको प्रस्ताव सहित खप्तड लघुवित्तले बोलायो तेस्रो वार्षिक साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खप्तड लघुवित्तले तेस्रो वार्षिक साधारण सभा बैशाख १६ गते गर्ने भएको छ । उक्त साधारण सभा अत्तरियाको होटेल नमस्तेमा आयोजना गर्ने जनाएको छ । कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको ०७८र७९ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाहको विवरण तथा सम्बन्धित अनुसुचिहरु पारित गर्नेछ ।

Esewa
Crest

सभाले कम्पनी ऐन २०६३ को दफा ११३ अनुसार आर्थिक वर्ष ०७९/८० को लागि लेखा परीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा, कम्पनी ऐन २०६३ को दफा १११ (३) बमोजिम बहालवाला लेखापरीक्षक बस्याल एण्ड एशोसियट्स चार्टर्ड एकाउण्टेण्ट लाई पुनः नियुक्त हुने प्रस्ताव पारित गर्नेछ ।

सभाले यस बित्तीय संस्थाको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरु बाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन सम्बन्धमा, वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले बित्तीय संस्थाको प्रबन्धपत्र र नियमावलीको संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न सुझाव वा निर्देशन प्राप्त भएमा सो बमोजिम आवश्यकतानुसार थपघट, परिमार्जन, संशोधन र सच्याउन बित्तीय संस्थाको सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्नेछ ।

सभाले खप्तड लघुबित्त बित्तीय संस्था लि। र धौलागिरी लघुबित्त बित्तीय संस्था लि। बीच मर्जर सम्बन्धी कार्य अन्तिम चरणमा रहेकोले मर्जर पश्चात बन्ने तदर्थ समितिमा सर्बसाधारणको तर्फबाट एक जना सञ्चालक पठाउने समझदारी भए अनुरुप उक्त तदर्थ समितिमा सर्बसाधारणको तर्फ बाट प्रतिनिधित्वको लागि नाम पठाउन र मर्जर सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव
पारित गर्ने जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बैशाख १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS