IME Life New

मर्जरका लागि कुमारी र एनसीसी बैंकले सम्पन्न गरे अन्तिम सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरमा जाने अन्तिम सम्झौता सम्पन्न भएको छ । आज कुमारी बैंकको केन्द्रिय कार्यालय टंगालमा यी दुई बैंकबीच मर्जरमा जाने अन्तिम सम्झौता सम्पन्न भएको हो।

गाभ्ने गाभिने (मर्जर) प्रयोजनको लागि असोज १० गते सम्पन्न समझदारीपत्रको आधारमा गठन गरिएको संयुक्त मर्जर समितिबाट दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन गर्न नियुक्त मुल्यांकनकर्ताले दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन गरी दिएको मुल्यांकन प्रतिवेदनसमेतको आधारमा संयुक्त मर्जर समितिले १ः१ शेयर आदान प्रदान अनुपात निर्धारण गरी संचालक समितिको अनुमोदनको लागि सिफारिस गरे अनुरुप बैंकको संचालक समितिको मंसिर १ गते बसेको बैठकले मर्जर प्रयोजनको लागि दुवै संस्थाको शेयर आदान प्रदान अनुपात १ः१ कायम गर्ने गरी स्वीकृत गर्ने निर्णय गरिसकेको छ ।

Esewa
Crest

कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड रहेको छ भने एनसिसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रहेको छ । एक बराबर एकको स्वापमा मर्जरमा जाने कुरासँगै मर्जर पश्चात बन्ने बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

9%
excited

उत्साहित

9%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS