IME Life New

मन्दी र घट्दो बोनश दरले नेपाल लाइफका अभिकर्ता र शाखा प्रमुखहरु तनावमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मन्दीका कारण आर्थिक गतिविधि सुस्त भएसँगै समग्र जीवन बीमा व्यवसाय दबाबमा छ। यसको असर नेपाल लाइफ इन्स्योरेन्सको व्यवसायमा पनि परेको छ। महँगी बढेको र आम्दानीको श्रोत खुम्चिएका कारण अपेक्षितरुपमा व्यापार हुन सकेको छैन ।

बाह्य वातावरणलाई पूर्ण बेवास्ता गर्दै नेपाल लाइफको उच्च व्यवस्थापनले जसरी भएपनि व्यवसायीक लक्ष्य पुरा गर्नैपर्छ भन्दै शाखा प्रबन्धकहरुलाई एकोहोरो दबाब दिई रहेको छ। बजारिकरणका लागि फिल्डमै खटिनुपर्ने बाध्यता भएका वा जुम मिटिङमा उपस्थिति दर्ज गर्नुभन्दा पनि व्यापार ल्याएर काम देखाउने मनशायका शाखा प्रबन्धकहरु अनलाइन मिटिङमा सहभागि हुन अनिच्छुक हुँदा समेत लिखित स्पष्टीकरण सोध्ने काम भएको भन्दै पीडित शाखा प्रबन्धकले गुनासो गरेका छन् ।

Esewa
Crest

व्यापार गर्नुपर्छ भन्ने हामीलाई राम्ररी थाहा छ, वर्षौदेखि त्यही काम गर्दै आएको पनि हो,एकजना शाखा प्रबन्धकले गुनासो मिश्रित स्वरमा भने,माथिबाट पेल्या पेल्यै गरेर मात्र कसरी रिजल्ट संभव छ। मार्केटिङ हेडको बचन राणा शासनको भन्दा पनि चर्को सुनिन थालेको छ, अर्का एक शाखा प्रबन्धकले  थपे, बोनश रेट घटेको छ, नयाँ प्रोडक्ट केही छैन, यस्तो अवस्थामा बेच्ने त के बेच्ने ?

पहिलेको तुलनामा शाखा प्रबन्धक र अभिकर्ताले पाउँदै आएको सेवा सुविधामा कैंची चलाइएकोले नयाँ बीमा खोजी गर्ने क्रममा हुने अतिरिक्त खर्चका लागि कर्मचारी र अभिकर्ता दुबैले पर्याप्त नगदको जोहो  गर्न सकेका छैनन् । शाखा उपशाखाका मार्केटिङ कर्मचारीहरु फिल्डमा जाँदाको टिएडिए सुविधा पनि पहिलेको तुलनामा आधाभन्दा बढीले कटौती गरिएको छ। ‘अहिलेको अवस्थामा विशुद्ध तलबको भरमा शाखा प्रबन्धकले कसैगरी बिजनेश ल्याउन सहज छैन’,नेपाल लाइफसँग डेढ दशकदेखि आवद्ध एक अनुभवी अभिकर्ता भन्छन्,’मलजल नगरी बिरुवा हुर्कन्न भन्ने बिर्सिए जस्तो छ।’

विशुद्ध नयाँ व्यापार हुन नसकेपछि पुराना बीमितको तथ्याङ्क केलाएर ल्याप्स भएका पोलिसी सरेण्डर गराउँदै नयाँ बीमा गराउन मार्केटिङ विभागबाट प्रत्येक शाखाका कर्मचारीलाई ओरिएन्टेशन गरिएको छ। नेपाल लाइफका शाखाहरुमा पछिल्लो समयमा कर्मचारीहरुबाट बीमितले साबिकको जस्तो अपेक्षित व्यवहार पाउन सकेका छैनन्।बीमितको हितलाई ध्यानमा राखेर सुझाव दिनुको साटो दाबीको रकम उछिट्याएर पुनः बीमा गर्ने ध्याउन्नमै लागेका हुन्छन् अधिकांश शाखाका कर्मचारी। परिपक्व बीमाको दाबी गर्न आउने बीमितलाई समेत नयाँ बीमा गर्न अनुचित दबाब दिएर दाबी वापतको रकमै नदिई बीमालेख जारी गरेको प्रमाण बीमा नियामक निकाय नेपाल बीमा प्राधिकरणले फेला पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

13%
sad

दु :खी

6%
amazed

अचम्मित

13%
excited

उत्साहित

44%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS