IME Life New

मध्यरातदेखि अभिकर्ता इजाजत पत्रका लागी पुरानाे अनलाइन प्रकृया बन्द हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अभिकर्ता इजाजत पत्रका लागी आवेदन दिने अनलाइन प्रणाली बिहीबार(आज) मध्यरातीदेखि बन्द हुँदैछ। बीमकले नेपाल बीमा प्राधिकरणकाे अनलाइन प्रणाली(आइआरएमएस) मा अभिकर्ता इजाजत पत्रका लागी सिफारिश गरेकाे आधारमा इजाजत पत्र जारी हुँदै आएकाेमा अब प्राधिकरणले परिक्षा लिएर मात्र इजाजत पत्र जारी गर्ने भएकाे हाे ।

प्राधिकरणका अनुसार अभिकर्ता इजाजत पत्रकाे तालिम लिई सकेका परिक्षार्थीहरुकाे विवरण आइआरएमएसमा प्रविष्ट गर्ने बाहेक अब इजाजत पत्र दिलाउने काममा बीमककाे भूमीका हुनेछैन । नयाँ प्रावधान अनुसार प्राधिकरणले आइआरएमएसमा प्राप्त विवरणका आधारमा परिक्षार्थीलाई परिक्षा स‌ंकेत नम्बर र परिक्षा मिति उपलब्ध गराउनेछ । प्राप्त परिक्षार्थी संकेत नम्बरकाे आधारमा परिक्षार्थीले प्राधिकरणले सञ्चालन गर्ने अनलाइन परिक्षामा सहभागीता जनाउनुपर्नेछ। कूल ५० वटा वस्तुगत प्रश्नमध्ये कम्तीमा २५ वटाकाे सही उत्तर दिएर परिक्षार्थीले उतीर्णाङ्क अर्थात् ५० अंक प्राप्त गर्नुपर्नेछ। परिक्षामा उतीर्ण भएपछि परिक्षार्थीलाई प्राधिकरणले इजाजत पत्र वितरण गर्नेछ।

Esewa
Crest

गतवर्षदेखि अनलाइन प्रणाली लागू भएपनि बीमकले तालिम दिएपछि आफै‌ंले अभिकर्ता इजाजत पत्रका लागी परिक्षा सञ्चालन गर्ने, उत्तर पुस्तिका परिक्षण गर्ने र प्राप्तांकबारे आइआरएमएसमार्फत् प्राधिकरणलाई जानकारी दिएर इजाजत पत्रका लागी सिफारिश गर्दै आएका थिए । यसै सिफारिशका आधारमा प्राधिकरणले इजाजत पत्र वितरण गर्दै आएकाे थियाे । नयाँ प्रावधान अनुसार अब परिक्षा सञ्चालन गर्ने, उत्तर पुस्तिका परिक्षण गर्ने र प्राप्ताङ्कका आधारमा इजाजत पत्र दिने काम प्राधिकरणले नै गर्नेछ।

अनलाइन प्रकृयाबाट परिक्षा सञ्चालन शुरु भएपछि इजाजत पत्र प्राप्त गर्न कठिनाई हुने भन्दै स‌ंभाव्य व्यक्तिहरूलाई भरमग्दूर प्रयास गर्दै बीमा कम्पनीका कर्मचारीले इजाजत पत्रकाे आवेदन दिन लगाएका छन् । आज मध्यरातसम्म प्राधिकरणकाे आइआरएमएसमा प्राप्त हुने विवरणकै आधारमा प्राधिकरणले सहजै इजाजत पत्र दिने भएकाले सक्दाे प्रयास गरेका हुन् ।

अन्तिम समयमा हतार हतार गर्दै विवरण प्रविष्ट गर्दा प्रविष्ट गरिएकाे विवरण र कागजप्रमाणमा त्रुटी समेत फेला परेकाे प्राधिकरणकाे लाइसेन्स विभागले जानकारी दिएकाे छ।

प्राधिकरणले इजाजत पत्रका लागी परिक्षा सम्बन्धमा जानकारी गराउनका लागी शुक्रबार आफ्नाे कार्यालयमा बीमककाे तालिम र लाइसेन्स शाखाका प्रतिनिधिहरुलाई डाँकेकाे छ। प्राधिकरणले ल्यापटप समेत लिएर प्राधिकरणकाे कार्यालयमा आउन बीमककाे कर्मचारीलाई निर्देशन दिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS