IME Life New

मधेशमा छोरी बीमा कार्यक्रम पुनः शुरु, असार २४ भित्रै निवेदन दिनुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

वीरगन्ज । प्रदेशका बालिकाको शैक्षिक भविष्य सुनिश्चत गर्ने उद्देश्यले मधेश प्रदेश सरकारले स‌चालनमा ल्याएको छोरी शिक्षा बीमा कार्यक्रम पुनः शुरु भएको गरिएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सार्वजनिक सुचना प्रकाशन गर्दै छोरी शिक्षा बीमा तथा मुद्धती बचत कार्यक्रम पुनः शुरु भएको घोषणा गरेको हो ।

Esewa
Crest

बीमा कार्यक्रम रोकिएका कारण गत २०७८ माघ १ यता जन्मिएका बालिकाहरु यो बीमा कार्यक्रम अन्तर्गत समावेश हुन सकेका थिएनन् ।

मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयले जारी गरेको सुचनामा २०७८ माघ १ गते यता प्रदेशमा जन्मिएका छोरीहरुको शिक्षा बीमाको लागी नामांकन गर्न निवेदन पेश गर्न अभिभावक तथा संरक्षकसँग आग्रह गरेको छ ।

निर्देशनालयले असार २४ गते भित्रै आवश्यक कागजात सहित निवेदन पेश गर्न आह्वान गरेको छ।

तीन लाख रुपैयाँको छोरी बीमा कार्यक्रममा प्रदेश सरकारले प्रति बालिका ४० हजार रुपैयाँ तिर्नुपर्छ। बालिका १८ वर्षको भएपछि तीन लाख रुपैयाँ उच्च शिक्षा हासिल गर्नको लागि बैंकले भुक्तानी गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS