IME Life New

मञ्जुश्री फाइनान्सको शाखा कुमारीपाटीमा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ०५,कुमारीपाटीमाआफ्नो २७ औं शाखा उद्घाटन गरेको छ । मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्व मुख्य सचिव एवं नेपालको तर्फबाट अमेरिकाको लागि राजदुत दामोदर प्रसाद गौतम तथा मञ्जुश्री फाइनान्स लिमिटेडकीे अध्यक्ष इन्दिरा पण्डित घिमिरेले संयुक्त रुपमा एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरे ।

२०७९ साल भाद्र मसान्त सम्म रु. १ अर्ब ३५ करोडचुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सलेरु ११.५२ अर्ब निक्षेप संकलन गरि रु १०.८८अर्ब कर्जा परिचालन गरेको छ ।

Esewa
Crest

यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS