IME Life New

मंसिर २९ गते बाट आउने प्रभु लाइफको आईपीओमा कति कित्ता आवेदन दिँदा ठीक?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ। मंसिर २९ गते बाट प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो जारी पूँजी दुई अर्बमध्ये ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको प्रति शेयर रु. १०० अंकित दरका ६०,००,००० कित्ता मध्ये ३,००,००० कित्ता अर्थात कुल निष्काशनको ५ प्रतिशत शेयर कर्मचारीहरुलाई र ३,००,००० कित्ता अर्थात कुल निष्काशनको ५ प्रतिशत शेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ५४,००,००० कित्ता शेयर सर्वसाधारणमा निष्काशनगर्ने भएको छ ।

धितोपत्र निस्काशन तथा बाडँफाडँ निर्देशिका अनुसार सबैलाई सुरुमा दश-दश कित्ता दिँदै जानु पर्छ । तर यस कम्पनीले सर्वसाधारणलाई ५४ लाख कित्ता शेयर निष्काशन गरेको छ । यसको अर्थ दश कित्ता नियम अनुसार ५ लाख ४० हजार जना आवेदकले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन्।

Esewa
Crest

यस अघिको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको आईपीओमा परेको आवेदन हेर्दा करिव ८ लाख माथि लगानीकर्ताले आवेदन दिएका थिए । अहिले पक्कै पनि त्यो भन्दा धेरै आवेदन पर्ने छ । यदी त्यति नै आवेदन परे पनि ५ लाख ४० हजार लगानीकर्ताले गोलाप्रथाबाट दश कित्ता शेयर प्राप्त गर्ने छन्। त्यसैले  यस अघिको ट्रेण्ड हेर्दा प्रभु लाईफको आईपीओमा दश कित्ता आवेदन दिंदा पनि पुग्ने देखिन्छ।

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ मंसिर २९ गते देखि पुष २ गते सम्म खुल्नेछ । पुष २ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि, पुष २ गते सम्म पनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा पुष १३ गते सम्म समय थपिने छ । विगत देखिको तथ्याङ्क अनुसार समय थपिने सम्भावना एकदमै कम छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको र ६० करोड बराबरको साधारण शेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब हुन्छ । आईपीओ प्रक्रिया पश्चात कम्पनीमा सस्थापक शेयरको हिस्सा ७० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३० प्रतिशत हुने छ।

र यो पनि :

मंसिर २९ गते देखि आउने प्रभु लाइफ इन्स्योरेन्सको आईपीओको बारेमा सम्पूर्ण जानकारी

प्रभु लाइफले आईपीओबाट उठाउने ६० करोड रुपैयाँ कहाँ लगानी गर्दै छ ?

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS