काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलेले नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ प्रमाणीकरण गरेका हुन्।
यो विधेयक संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति पौडेलसमक्ष पेस गरिएको थियो। राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम यो विधेयक प्रमाणीकरण गरेका हुन्।












