IME Life New

मंसिर २९ गते देखि आउने प्रभु लाइफ इन्स्योरेन्सको आईपीओको बारेमा सम्पूर्ण जानकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मंसिर २९ गते बाट प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो जारी पूँजी दुई अर्बमध्ये ३० प्रतिशत अर्थात  ६० करोड रुपैयाँ बराबरको प्रति शेयर रु. १०० अंकित दरका ६०,००,००० कित्ता मध्ये ३,००,००० कित्ता अर्थात कुल निष्काशनको ५ प्रतिशत शेयर कर्मचारीहरुलाई र ३,००,००० कित्ता अर्थात कुल निष्काशनको ५ प्रतिशत शेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ५४,००,००० कित्ता शेयर सर्वसाधारणमा निष्काशनगर्ने भएको छ ।

Esewa
Crest

आवेदन दिने समय :
प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ मंसिर २९ गते देखि पुष २ गते सम्म खुल्नेछ । पुष २ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि, पुष २ गते सम्म पनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा पुष १३ गते सम्म समय थपिने छ । विगत देखिको तथ्याङ्क अनुसार समय थपिने सम्भावना एकदमै कम छ ।

कति कित्ता दिन पाईन्छ आवेदन ?
न्युनतम १० कित्ता देखि अधिकतम ५,००० कित्ता सम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको बारेमा :
प्रधान कार्यालय :
यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २८, कमलादीमा रहेको छ।

कम्पनीको ईतिहास :
प्रभु लाईफ इन्स्योरेन्स कम्पनी कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४/०३/०८ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा स्टार लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट पब्लिक लिमिटेडको रुपमा दर्ता भएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयको मिति २०७४/०८/०६ को निर्णयबाट साविकको स्टार लाइफ इन्स्योरेन्सको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नु ब्यहोर्नुपर्ने कर दायित्व आदि परिवर्तित नाम प्रभु लाइफ इन्स्योरन्स लिमिटेडमा सर्ने गरी निर्णय भई प्रभु लाइफ इन्स्योरेन्स कायम भएको हो । कम्पनी ऐन, २०६३ बमोजिम प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड बीमा ऐन, २०४९, बीमा नियमावली २०४९ तथा प्रचलित कानूनको अधीनमा रही व्यवसायमा संलग्न व्यक्ति वा संस्थाहरुको संभावित जोखिमलाई जीवन बीमाको माध्यमबाट हित र सुविधा प्रदान गर्ने तथा देशमा बीमा सेवा उपलब्ध गराई आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यले मिति २०६४/०३/०८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भै बीमा समितिबाट मिति २०७४/०५/०७ गते बीमा व्यावसाय कारोवार गर्न इजाजत प्राप्त गरी मिति २०७४/०८/२८ गतेदेखि व्यवसायिक कारोवार संचालन गरिरहेको छ ।

पुँजीको अवस्था :
अधिकृत पुँजी : २ अर्ब
जारी पुँजी : २ अर्ब
चुक्ता पुँजी : १ अर्ब ४० करोड ( आईपीओ अघि )
चुक्ता पुँजी : २ अर्ब ( आईपीओ पछि )

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको र ६० करोड बराबरको साधारण शेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब हुन्छ । आईपीओ प्रक्रिया पश्चात कम्पनीमा सस्थापक शेयरको हिस्सा ७० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३० प्रतिशत हुने छ।

संस्थापक शेयरधनीको बारेमा जानकारी :
प्रभु लाईफ इन्स्योरेन्समा प्रभु बैंक लिमिटेडको २० लाख कित्ता संस्थापक शेयर रहेको छ भने सांग्रिला डेभलपमेन्ट बैंकको नाममा १७ लाख ७७ हजार ५०० कित शेयर रहेको छ।

संचालकको जानकारी :
संचालक समितिको अध्यक्षमा डा. आत्माराम घिमिरे छन् । त्यस्तै संचालक समिति सदस्यमा सुभाष अमात्य, मनिराम पोखरेल (प्रतिनिधिः प्रभु बैंक लि), रामेश्वर सापकोटा, नरेश बहादुर मल्ल र अपूर्व प्रसाद जोशी (प्रतिनिधिः सांग्रिला डेभलपमेन्ट बैंक ) रहेका छन्।

व्यवस्थापक :
इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नारायण प्रसाद पौडेल छन् । पौडेलको नेपाल राष्ट्र बैंकमा ३० वर्षको अनुभव छ। त्यस्तै नायव प्रमुख कार्यकारी अधिकृतमा किशोर प्रसाद लामिछाने कार्यरत छन्।

वित्तीय विवरण :
आर्थिक वर्ष ७५/७६ को वार्षिक तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी ५ रुपैयाँ ८३ पैसा रहेको छ भने किताबी मूल्य १०९ रुपैयाँ ५६ पैसा छ । आ.व. ७६/७७ को आषाढ मसान्तसम्मको अपरिष्कृत तर व्यवस्थापनबाट प्रमाणित वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ३ रुपैयाँ ८३ पैसा र किताबी मूल्य ११२ रुपैयाँ ९४ पैसा रहेको छ ।

प्रक्षेपित तथ्यांक अनुसार आर्थिक वर्ष ७७/७८ मा प्रति शेयर आम्दानी ७ रुपैयाँ ५१ पैसा र किताबी मूल्य ११५ रुपैयाँ ८२ पैसा हुन्छ । आर्थिक वर्ष ७८/७९ मा भने प्रति शेयर आम्दानी १० रुपैयाँ ४१ पैसा र किताबी मूल्य १२६ रुपैयाँ २३ पैसा र आर्थिक वर्ष ७९/८० मा भने प्रति शेयर आम्दानी १३ रुपैयाँ १४ पैसा र किताबी मूल्य १३९ रुपैयाँ ३७ पैसा हुने कम्पनीले प्रक्षेपण गरेको छ।

पूँजीको रणनीति :
आईपीओ पश्चात कम्पनीको पुँजी २ अर्ब हुने छ तर कम्पनीले प्रक्षेपण गरेको विवरणमा कम्पनीले आर्थिक वर्ष ७९/८० सम्म पुँजी वृद्धिको लक्ष्य राखेको छैन।

क्रेडिट रेटिङ्ग
यस संस्थालाई नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लिमिटेड, डिल्लीबजार, काठमाडौंले [ICRANP-IR] BB+” रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको ] (Moderate risk of default regarding timely servicing of financial obligations) जनाउँदछ । सो ग्रेडिङ्गको वैधता अवधि एक बर्ष रहनेछ । इक्रा नेपाल लि. ले [ICRANP-IR] AAA देखि [ICRANPIR] D प्वाइन्ट ग्रेडिङ्ग प्रदान गर्दछ । दिईने आधारहरुमा प्रयोग गरिने (+) चिन्हले दिईएको समूहको तुलनात्मक सकारात्मकस्थितिलाई जनाउँदछ भने (-) चिन्हले दिईएको समूहको तुलनात्मक नकारात्मक स्थितिलाई जनाउँदछ ।

कति कित्ता शेयर पर्ला ?
धितोपत्र निस्काशन तथा बाडँफाडँ निर्देशिका अनुसार सबैलाई सुरुमा दश-दश कित्ता दिँदै जानु पर्छ । तर यस कम्पनीले सर्वसाधारणलाई ५४ लाख कित्ता शेयर निष्काशन गरेको छ । यसको अर्थ दश कित्ता नियम अनुसार ५ लाख ४० हजार जना आवेदकले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन् ।

नोट : लगानी निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला !

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS