IME Life New

भोलि शनिबार विदाको दिनमा पनि यी बैंकहरुले बैंकिङ सेवा प्रदान गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तीन वाणिज्य बैंकहरुले भोलि शनिबार विदाको दिनमा पनि बैंकिङ सेवा प्रवाह गर्ने भएका छन् । सानिमा बैंक, एनएमबि बैंक र कृषि विकास बैंकले सेवा प्रवाह गर्ने जनाएका हुन् । सानिमा बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै शनिबार पनि सेवा सुचारु राख्ने भएको हो । कम्पनीले सम्पूर्ण कार्यालय बिहान १० बजेदेखि अपरान्ह १ः३० बजेसम्म खुला राख्ने जनाएको छ ।

Esewa
Crest

त्यस्तै, एनएमबि बैंक लिमिटेडले पनि अधिकांश शाखा खुला गरी सेवा दिने जनाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सेवा सुचारु राख्ने जनाएको छ । बैंकले सातै प्रदेशका अधिकांश शाखाबाट विभिन्न समयमा खुलाई सेवा प्रवाह गर्ने जनाएको हो ।

त्यसैगरी कृषि विकास बैंकले पनि आफ्नो सेवाहरु पुर्णकालीन रुपमा खुला गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS