IME Life New

भोलिसम्म शेयर किन्नेले सिवाईसी नेपालको ३१.५८% लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभा.श सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसकारण पुस भोलि १८ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

लघुवित्तले पुस ३० गते सभा गर्ने जनाएको छ । सभा संस्थाको केन्द्रीय कार्यालय पोखरामा आयोजना गर्न लागेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३१ दशमलव ५८ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७८र७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवं आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, गत आर्थिक वर्षमा भएको सञ्चालक समिति र अन्य समितिको बैठक भत्ता तथा समिति सम्बन्धी अन्य खर्च अनुमोदन गर्ने

सभाले संस्थाको प्रबन्धपत्र र नियमावलीमा समसामायिक थप शंसोधन गर्ने, यस वित्तिय संस्था र अन्य कुनै पनि उपयूक्त बैंक वा वित्तिय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती गर्नको लागि उपयुक्त बैंक तथा वित्तिय संस्थाको पहिचान गर्ने, सहमतिमा हस्ताक्षर गर्ने, सो को आधारमा राष्ट्र बैंकमा निवेदन दिन, चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मुल्यांकन गर्न मुल्यांकनकर्ता नियुक्त गर्न तथा निजको पारिश्रमिक तोक्ने लगायतका आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS