IME Life New

भैरहवामा अजोड इन्स्योरेन्सको सेवा शुभारम्भ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

भैरहवामा अजोड इन्स्योरेन्स लिमिटेडले सेवा शुभारम्भ गरेको छ । सिदार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारी, सिद्दार्थ उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष कुलप्रसाद न्यौपाने, उद्योग ब्यापार संगठन का अध्यक्ष नारायण भण्डारी तथा अजोड इन्स्योरेन्स लि.का संस्थापक संचालक सम्भु अधिकारी र नेपालि सेनाका पूर्व उपरथी तथा संचालक समितिका रामबहादुर गुरुङ्गले संयुक्त रुपमा भैरहवा शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

भैरहवा शाखा कार्यालय उद्घाटन कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट बैङ्क लि क्षेत्रीय कार्यालय भैरहवा प्रमुख रामराज उपाध्याय, पूर्णिमा बिकास बैङ्कका अध्यक्ष सुरज उप्रेती, नबिल बैंक क्षेत्रीय कार्यालय भैरहवा प्रमुख पुस्करराज भट्टराई सिद्धार्थ ग्रुपका अध्यक्ष दिनेशमान अमात्य, सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सूर्यकुमार सारु मगर, लुम्बिनी ट्रक समितिका महासचिब रुमाखर गौतम, पुर्णिमा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङ लुम्बिनी प्रेस क्लबका अधक्ष्य दिपेश पछाई, सिद्धार्थ यातायात व्यबसायी समितिका महासचिब लगायत भैरहवा क्षेत्रमा रहेका बिभिन्न बैंक तथा बित्तिय संस्था सहकारी लगायत अन्य संघसंथाका व्यक्तिहरुके उपस्थिति रहेको थियो ।

Esewa
Crest

कार्यक्रमलाई समापन गर्दै सभापति तथा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले अजोड इन्स्योरेन्सको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै संस्थाले ग्राहकको हरेक समस्यालाई यथासिघ्र समाधान गरी ग्राहकमुखी सेवा प्रदान गर्नेबताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS