IME Life New

भूकम्प प्रभावितका लागि सूर्य नेपालद्धारा १ करोड ४० लाखको चेक हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्य नेपाल प्रालिले जाजरकोट भूकम्पप्रभावितलाई १ करोड ४० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले व्यावसायिक सामाजिक दायित्वअन्तर्गत भूकम्पप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेको जनाएको छ ।

सूर्य नेपालले १ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुनेगरी मंगलबार कम्पनीका प्रबन्ध निर्देशक रवी रायवरम, भाइस प्रेसिडेन्ट रवी केसी, विकास भुत्रा, दिप्रा लाहिरी र वित्त प्रबन्धक प्रेम अर्यालको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेको छ । कम्पनीले थप ३५ लाखबराबरको खाद्यान्न, टारपाउलिन र ब्ल्यांकेटहरु जाजरकोट पठाइसकेको जनाएको छ । त्यस्तै ५ लाख रुपैयाँबराबरको औषधी वीर अस्पतालको प्रभावित क्षेत्रतर्फ जाने टोलीलाई हस्तान्तरण गरेको सूर्य नेपालले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS