IME Life New

भुटानले अमेरिकी कम्पनीको सहकार्यमा डिजिटल मुद्रा प्रचलनमा ल्याउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । भुटानको शाही मौद्रिक प्राधिकरण (आरएमए) ले दक्षिण एशियामै पहिलो पटक अभौतिक मुद्रा प्रयोगमा ल्याउने भएको छ । आरएमएले संयुक्त राज्य अमेरिकाको रिपल ल्याब्सको सहयोगमा केन्द्रीय बैंक अभौतिक मुद्रा(सिबिडिसी)मा परियोजना संचालन गर्ने भएको हो । सिबिडिसी भुटानको केन्द्रीय बैंकद्वारा जारी मुद्राको एक डिजिटल स्वरुप हो ।

भुटान सरकारले अक्टोबर २०१९ मा ५० मिलियन अमेरिकी डलर खर्चेर पहिलो क्रिप्टोकरेन्सी प्रिज्म प्रयोगमा ल्याएको थियो । अभौतिक मुद्राको प्रयोगलाई प्रोत्साहन गर्न प्रत्येक नागरिकलाई १०० प्रिज्म निःशुल्क उपलब्ध गराउने घोषणा समेत गरिएको थियो

Esewa
Crest

सर्वसाधारणको लागी नगद केन्द्रीय बैंकबाट उपलब्ध पैसाको एक मात्र रूप हो। खुद्रा कारोबारमा सिबिडिसीको उपयोगले नगद सरह स्वीकार्यताको साथ सर्वसाधारणको लागी एक डिजिटल विकल्प प्रदान गर्नेछ । २१ औं शताब्दीको प्रविधिको प्रयोगमा आरएमएले भुटानी मुद्राको विकल्पमा डिजिटल मुद्राको प्रयोगलाई बढावा दिएर महत्वपूणर् कार्य गरिरहेको छ ।

रिपलको भरपर्दो ब्लक चेन संजालको उपयोग गरी खुद्रा, अन्तर सीमा र थोक भुक्तानीको लागि गुरु योजनाको रुपमा आरएमएले यसलाई लागू गर्दैछ । यसको परिक्षण चरणमा बैंकहरु, भुक्तानी सेवा प्रदायकहरु र अन्य सरोकारवालासँग सहकार्य गरिनेछ । हाल संसारभर क्रिप्टोकरेन्सी नामक अदृश्य मुद्राको प्रचलन डरलाग्दो रुपमा बढ्दै गइरहेको अवस्थामा अधिकांश मुलुकको केन्द्रिय बैंकले नै अभौतिक मुद्राको प्रयोग शुरु गरिसकेका छन् ।

दक्षिण पूर्वी मुलुकहरुमा यसको प्रयोग शुरु भइसकेको भएपनि दक्षिण एशियाली मुलुकहरुमा हालसम्म पनि यसको प्रयोग हुन सकेको छैन । एशियाली मुलुकमध्ये चीनले संसारमै सबैभन्दा ठूलो अभौतिक मुद्राको कारोबार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS