IME Life New

भारत सरकारले आईपीओ मार्फत एलआईसीको २५ % शेयर बेच्दै, देशकै ठूलो आईपीओ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी : भारतको केन्द्रीय सरकारले देशको सबैभन्दा ठूलो बीमा कम्पनी भारतीय जीवन बीमा निगम (एलआईसी) को आईपीओ ल्याउन तिव्रता दिँदै छ। भारतको सबै भन्दा ठूलो जीवन बीमा कम्पनी एलआईसीमा भारत सरकारको शत प्रतिशत स्वामित्व रहेको छ । केन्द्रिय सरकारले यस अघि कम्पनीको दश प्रतिशत मात्र शेयर बिक्री गर्ने भए पनि अब भने २५ प्रतिशत शेयर बेच्ने विचार गर्दै प्रक्रिया अघि बढ्न थालको भारतीय संचार माध्यमले जानकारी दिएका छन् । एलआईसीको आईपीओ भारतको शेयर बजारकै सबै भन्दा ठूलो आईपीओ हुने छ  ।

रिटेल लागानीकर्ता र कर्मचारिकोलागि दश प्रतिशत छुटमा शेयर मिल्ने सम्भावना पनि  छ। साना लगानीकर्ता र कर्मचारीहरुको लागि ५ प्रतिशत सम्म शेयर आरक्षित गरिने सम्भावना रहेको त्यहाँका संचार माध्यमले लेखेका छन् ।

Esewa
Crest

एलआईसीको सरकारले १० प्रतिशतमात्र  शेयर बेच्ने लक्ष्य राखेकोमा कोरोनाको कारणले करमा भएको कटौतीको कारण थप १५ प्रतिशत हिस्सा बेच्न केन्द्र सरकार तयार भएको हो । सरकारले एलआईसीको आईपीओबाट ठूलो रकम उठाउने अपेक्षा राखेको छ । कम्पनी एलआईसी एक्ट १९५६ अनुसार संचालन भएकोले सरकारले संसद मार्फत एलआईसी एक्टमा संशोधन गर्नु पर्ने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS