IME Life New

भारतीय एक्चुरीको वेवास्था पछि कम्पनीहरुको रोजाइमा अन्य देश, नेपालबाटै बाहिरिन्छ वार्षिक ५ करोड !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय एक्चुरीमै भर पर्दै आएका बीमा कम्पनीहरुले विश्वका अन्य मुलुकका एक्चुरीलाई काम दिन थालेका छन् । भारतका एक्चुरीले गएका वर्षमा नेपाली बीमा कम्पनीलाई प्राथमिकता नदिए पछि उनिहरुले जापान, सिङ्गापुर, अष्ट्रेलिया, हङकङ, मलेसिया लगायतका देशहरुबाट एक्चुरी झिकाएका हुन् ।

कोभिड १९ को समयमा नेपालीहरुले भारती एक्चुरीबाट खासै काम लिन सकिरहेका थिएनन् । एक्चुरीले समयमा काम नगरिदिए पछि बीमा कम्पनीहरुले समयमा लेखापरीक्षण प्रतिवेदन तयार पार्न नसकेका हुन् । नयाँ बीमा ऐन २०७९ मा बीमा कम्पनीहरुलाई आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा लेखापरीक्षण प्रतिवेदत तयार पार्नै पर्ने बाध्यात्मक व्यवस्था गरिएको छ ।

Esewa
Crest

यस वर्षदेखि नेपाली बीमा कम्पनीहरुले भारतीय एक्चुरीलाई पनि समयमा काम नगरिदिने हो भने अन्य देशका एक्चुरीलाई काम दिन्छौ भन्न थाले पछि विगतका वर्षको तुलनामा यस वर्ष भारतीय एक्चुरीले पनि छिटो काम गरिदिएको बीमकहरु बताउछन् ।

सामान्यतया एउटा कम्पनीको एक्चुरियल मूल्याङ्कन गर्न कम्तिमा पनि दुई तीन महिना लाग्छ । तर विदेशीहरुले नेपाली बीमा कम्पनीहरुलाई महत्व नदिइ तीन चार महिना लगाइदिने गरेको पाइन्छ । त्यसैले गर्दा आइएमई लाइफ, मेट लाइफ, नेपाल लाइफले गत वर्षै अन्य मुलुकका एक्चुरीलाई काम दिएका हुन् । त्यसैले गर्दा नेपाल लाइफले लगातार दुई आर्थिक वर्षको एक्चुरी छोटो समयमै सम्पन्न गरेको छ । मेट लाइफले पनि तोकिएकै समयमा एक्चुरी मूल्याङ्कन गर्न सकेको छ ।

भारतीय एक्चुरी र अन्य देशका एक्चुरीमा काम गराउदा

नेपाली बीमा कम्पनीहरुलाई अन्य मुलुकका एक्चुरीहरु सँग भन्दा भारतीय एक्चुरी सँग काम गर्न सजिलो हुन्छ । भारतीयले नेपालको कानुन, सामाजिक संस्कृतिक मूल्य मान्यता र काम गर्ने शैली बुझ्ने भएकाले उनिहरुलाई काम गर्न केहि सहज हुन्छ । तर अन्य कम्पनीहरुलाई काम लगाउदा उनिहरुले नेपालको कानुनी व्यवस्था र अन्य व्यवस्था बुझ्न समय लाग्न सक्ने हुँदा काम गराउन केहि असहज हुन्छ ।

तर एक्चुरीयल मूल्याङ्कन नेपालमै आएर गर्नु पर्दैन । एक्चुरीले आफु सँग उपलब्ध तथ्याङ्कका आधारमा मूल्याङ्कन गरिदिन्छन् । कतिपय कुराहरुलाई देशको आर्थिक तथ्याङ्क र कानुनी व्यवस्थाले फरक पार्ने भएकाले उनिहरुलाई त्यसबारेमा बुझाउनु पर्ने हुन्छ ।

नेपालीहरुले भारत बाहेक अन्य मुकुलका एक्चुरी चयन गर्दा मध्यम किसिमका देशहरुलाई चयन गर्छन् । खर्चका हिसावले जति धेरै विकसित देश हुन्छन् त्याहाको शुल्क पनि महंगो हुँदै जान्छ । त्यसैले गर्दा उनिहरुले अमेरिका बेलायतका एक्चुरी भन्दा पनि धेरै हदसम्म जादा जापान नत्र हङ्कङ, सिङ्गापुर, मलेसिया जस्ता देशलाई चयन गर्छन् ।

कति लाग्छ शुल्क ?

नेपालीहरुका लागि शुल्कका हिसावले पनि भारत अन्य देश भन्दा कम खर्चिलो हुन्छ । भारत बाहेक अन्य देशमा तुलनानात्मक रुपमा महंगो पर्न जान्छ । कम्पनीको तथ्याङ्क र काम हेरेर शुल्कमा तल माथि पर्न जान्छ । नेपाल लाइफ जस्तो कम्पनीलाई मूल्याङ्कन गर्न २५ लाख भन्दा माथि पर्न जान्छ । तर महालक्ष्मी लाइफ जस्तो सानो कम्पनीको लागि १५ लाख भन्दा माथि पर्न जान्छ ।

औषतमा पनि कम्पनीहरुको एक्चुरियल मूल्याङ्कनका लागि कम्तिमा पनि १५ लाख र अधिकतम ३० लाख भन्दा माथि पर्न जान्छ । त्यस्तै प्रोडक्टको मूल्याङ्कनका लागि ५ लाख भन्दा माथि पर्न जान्छ । त्यसैले बीमा कम्पनीहरुले प्रोडक्टको मूल्याङ्कन र समग्र एक्चुरियल मूल्याङ्कनका लागि २० लाखदेखि ३० लाख भन्दा माथिको खर्च हुन्छ ।

यस हिसावले नेपालबाट एक्चुरियल मूल्याङ्कनका लागि नेपालबाट साढे चार करोडदेखि साढे पाँच करोडसम्म बाहिरिन्छ । नेपालमा एक्चुरी नहुँदा नेपालीबाट वर्षेनी करोडौं रुपैयाँ बाहिरिने गरेको हो । नेपाल बीमा प्राधिकरणले नेपाली एक्चुरी प्रेक्षा माथेमालाई नियुक्त गरेको छ । यस बाहेक बीमा कम्पनीहरुले बुझाएको एक्चुरियल मूल्याङ्कनका लागि विदेशी कन्सल्टेन्टलाई पठाउने गरेको छ ।

प्राधिकरणले आफूले नियुक्त गरेको एक्चुरीबाट मात्रै काम नभए पनि प्रोडक्टका लागि र एक्चुरियल मूल्याङ्कनका लागि छुट्टा छुट्टै एक्चुरी नियुक्त गर्न थालेको छ । दुबैलाई काम विशेष पारिश्रमिक दिने तयारी गरेको छ । पुर्णकालिन एक्चुरी नियुक्त गर्दा ठुलो रकम पारिश्रमिक दिनु पर्ने भएकाले पनि प्राधिकरणले काम विशेष पारिश्रमिक दिने गरी एक्चुरी नियुक्ति गर्ने तयारी गरेको छ । यसरी बीमा समितिको तर्फबाट पनि एक्चुरियल मूल्याङ्कनका लागि लाखौ रुपैयाँ बाहिरिन्छ ।

नियम अनुसार एउटा एक्चुरिले एउटा मात्रै जीवन बीमा कम्पनीको मूल्याङ्कन गर्न पाउछन् । जसले गर्दा पनि नेपालमा एक्चुरीहरुले खासै काम गर्न रुचाउदैनन् । यदि दुई तीन वटाको काम गर्न पाउने भएको भए उनिहरुको नेपालमा आकर्षण हुन्थ्यो । तर एउटै एक्चुरीले उस्तै प्रकृतिका दुई बीमा कम्पनीको मूल्याङ्कन गर्दा कम्पनीहरुका आन्तरिक गोप्य तथ्याङ्क बाहिरिन्छ । जसले गर्दा बीमा कम्पनीहरुको रणनीति, पोलिसी प्राइसिङ मेकानिजम जस्ता गोप्य कुराहरु बाहिरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS