IME Life New

भारतले विद्युतीय सवारी साधनको बीमाशुल्कमा सहुलियत दिंदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाइ प्रोत्साहन दिनको लागी बीमाशुल्क दरमा समेत सहुलियत दिने तयारी गरेको छ ।

भारतीय सडक यातायात तथा राजमार्ग मन्त्रालयले आगामी अप्रिल १ तारेख ( मध्य चैत्रदेखि) बाट शुरू हुने गरी विद्युतीय सवारी साधनको बीमाशुल्क दरमा १५ प्रतिशत छुट दिने प्रस्ताव गरेको छ । प्रस्तावित बीमाशुल्क दर मस्यौदा अनुसार, विद्युतीय निजी कार, विद्युतीय दुई पाङ्ग्रे सवारी साधन, विद्युतीय मालबाहक व्यावसायीक सवारी साधन र विद्युतीय यात्रु बोक्ने सवारी साधनमा १५% छुट दिने प्रस्ताव गरिएको हो ।

Esewa
Crest

त्यसैगरी हाइब्रिड इलेक्ट्रिक सवारी साधनको बीमाशुल्क दरमा ७.५ प्रतिशतको दरले छुट प्रस्ताव गरिएको छ ।  बिटल जस्ता ब्राण्डका पुराना कारहरूको संकलक र प्रयोकर्ताहरूको लागी बीमाशुल्क दरमा ५० प्रतिशत छुटको प्रस्ताव गरिएको छ ।

विद्यार्थी ओसार्न प्रयोग हुने माइक्रो बस, मिनी बस र ठूलो बसको लागी पनि बीमाशुल्क दरमा विशेषत सहुलियत प्रदान गरिएको छ । बीमाशुल्क छुट प्राप्त गर्नको लागी विद्यालयको नाममा सवारी दर्ता भएको हुनुपर्ने र विद्यार्थी ओसार्न नै प्रयोग भएको हुनुपर्ने शर्त राखिएको छ ।

मन्त्रालयले भारतको नयाँ आर्थिक वर्ष २०२३ बाट लागू हुने गरी विभिन्न श्रेणीका सवारीसाधनको तेस्रो पक्ष मोटर बीमाशुल्कमा वृद्धि गर्ने प्रस्ताव गरेकोमा विद्युतीय सवारी साधनको बीमाशुल्क दरमा भने छुटको व्यवस्था प्रस्ताव गरेको छ ।

सन् २०१९ देखि बीमाशुल्क दर अपरिवर्तित रहेको थियो । कोभिड १९ महामारीको कारण पछिल्लो दुई वर्षयता बीमाशुल्क वृद्धिमा रोक लगाइएको थियो ।

मन्त्रालयले बीमा नियामकसँगको परामर्शमा महसुल घोषणा गरेको यो पहिलो पटक हो । यसअघि, बीमाशुल्क दरहरू बीमा नियामक इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी (आइआरडिएआइओ) द्वारा जारी हुँदै आएको थियो । मन्त्रालयले मार्च १४ तारेख( चैत ३० गते)सम्ममा सरोकारवालासँग सुझाव आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS