IME Life New

भारतले पायो पहिलो ‘बाँझोपन बीमा योजना’, यस्ता छन् कभरेज र विशेषता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको इन्दिरा आईभीएफले भारतमा बाँझोपन उपचार अस्पतालहरुको नेटवर्क चलाउँछ। यो संस्थाले बाँझोपनसँग संघर्ष गरिरहेका दम्पतीलाई सहयोग गर्न तयार गरिएको भारतको पहिलो स्वास्थ्य बीमा योजना ल्याउन इन्स्योरटेक कम्पनी सेफट्रीसँग सहकार्य गरेको छ। यो पहलले बाँझोपन उपचारसँग सम्बन्धित आर्थिक बोझलाई कम गरेर स्वास्थ्य सेवाको पहुँचमा क्रान्ति ल्याउने लक्ष्य दुवै संस्थाले राखेका छन्।

विश्व स्वास्थ्य संगठनले बाँझोपनलाई १२ महिना वा सोभन्दा बढी नियमित असुरक्षित यौनसम्पर्कपछि गर्भधारण गर्न नसक्ने अवस्थालाई परिभाषित गरेको छ। जसले विश्वभर लाखौँ दम्पती प्रभावित छन्।

Esewa
Crest

भारतमा मात्रै अनुमानित करिब साढे ३ करोड दम्पतीले प्रजनन उमेरमा बाँझोपनको समस्या भोग्ने गर्छन्। अचम्मको कुरा त के छ भने त्यो संख्याको करिब १ प्रतिशतमात्रले उपचार खोज्छन्। ९० प्रतिशतभन्दा बढी दम्पतीमा बाँझोपन उपचारका लागि आर्थिक सहयोगको अभाव रहेको देखिएको अध्ययनहरु देखाएको छ। बाँझोपनका घटना बढ्नुका कारणमा ढिलो विवाह, जीवनशैलीसम्बन्धी रोग र अन्य अन्तर्निहीत समस्या समावेश छन्।

इन्दिरा आईभीएफ र सेफट्रीको बीमा कार्यक्रमले ३५ वर्षमुनिका दम्पतीलाई २४ महिनाको व्यापक सहयोग प्रदान गर्दछ। यसमा प्राकृतिक गर्भाधान बढाउने उद्देश्यले चिकित्सा, आहार र मनोवैज्ञानिक परामर्श समावेश छन्।

यो बीमा योजनाले इन्ट्रायुटरिन इन्सेमिनेसन (आईयूआई) र इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ)को दुई राउन्ड समावेश गर्दछ। कभर गरिएको उपचारमा अन्ड संकलन, लेजर–असिस्टेड ह्याचिङ, ब्लास्टोसिस्ट कल्चर, भ्रूण स्थानान्तरण र फ्रिजिङजस्ता विभिन्न प्रक्रिया समावेश हुन्छन्। यो कभरेज सहायक प्रजनन प्रविधि (नियमन) ऐन, २०२१ र सरोगेसी (नियमन) ऐन, २०२१ को अनुपालनमा अन्डदाता र सरोगेटसम्म पाउनेछन्। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS