IME Life New

भारतमा निर्जीवन पछि जीवन बीमा कम्पनीमा पनि पुग्यो ७४ प्रतिशत विदेशी लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइडिबिआई बैंक बाहिरिएपछि ७४ प्रतिशतको विदेशी शेयर स्वामित्व भएको एजस फेडरल लाईफ इन्स्योरेन्स पहिलो भारतीय जीवन बीमा कम्पनी बनेको छ।

आइडिबिआई बैंकले जीवन बीमा संयुक्त उद्यममा आफ्नो सम्पूर्ण २५ प्रतिशत सेयर बेल्जियममा मुख्यालय रहेको एजस इन्स्योरेन्स इन्टरनेशनललाई भारु ५‍ अर्ब ८० करोडमा बेचेको छ। यस लेनदेनको साथ, एगियाजले आइडिबिआई बैंक र फेडरल बैंकसँग मिलेर सञ्चालन गरेको संयुक्त उद्यममा आफ्नो लगानी बढाएर ७४ प्रतिशत पुग्नेछ विज्ञप्तिमा भनिएको छ।

Esewa
Crest

एजस फेडरल लाइफ इन्स्योरेन्सले एजसको बहुमत शेयर होल्डिङ पूरा गरेसँगै यो भारतको पहिलो जीवन बीमा कम्पनी बनेको जसमा विदेशी साझेदारको ७४ प्रतिशत स्वामित्व रहेको छ। घरेलु ऋणदाता आईडीबीआई बैंक र फेडरल बैंकले एजससँग मिलेर २००७ मा आईडीबीआई फेडरल लाइफ इन्स्योरेन्स कम्पनी स्थापना गरेका थिए ।

यसै वर्षको मे महिनामा, एलआइसी नियन्त्रित आइडिबिआई बैंकले आफ्नो २५ प्रतिशतको सम्पूर्ण हिस्सेदारीको बिक्री गर्नको लागि एजस इन्स्योरेन्स इन्टरनेशनलसँग सम्झौता गरेको घोषणा गरेको छ। फेडरल बैंकले बीमा संयुक्त उद्यममा बाँकी २६ प्रतिशत शेयर कायम राखेको छ।

निर्जीवन बीमा व्यवसायमा, इटालीको वित्तीय सेवा प्रमुख कम्पनी जेनेरालीले यस वर्ष मे महिनामा फ्यूचर जेनेराली इन्डिया इन्स्योरेन्समा आफ्नो हिस्सेदारी ७४ प्रतिशतमा बढाएको थियो।

केन्द्रीय बजेट २०२१/२२ मा, भारत सरकारले विदेशी लगानीकर्तालाई भारतीय बीमा कम्पनीमा आफ्नो हिस्सेदारी ४९ प्रतिशतबाट बढाएर ७४ प्रतिशतमा पुर्याएर लगानी आकर्षित गर्नुको साथै देशमा बीमा क्षेत्रमा लगानी थप्न अनुमति दिने घोषणा गर्यो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS