IME Life New

भारतमा डिजिटल वालेटबाटै बीमालेख र व्यक्तिगत कर्जा, नेपालमा के हुँदैछ तयारी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काटमाठौं । भारतमा मोबाइल एप्समार्फत वित्तीय सेवाउपलब्ध गराउँदै आएको पेमि इण्डियाले छ महिने अवधिमा १ लाख १५ हजारभन्दा बढी बीमालेख बिक्री गर्न सफलता पाएको छ । व्यक्तिगत कर्जा सुविधा उपलब्ध गराउँदै आएको यो कम्पनीले केही महिना अघि मात्रै व्यक्तिगत दुर्घटना बीमालेखको बिक्री समेत शुरु गरेको थियो । यसले अन्तर्राष्ट्रिय बीमा दलाल तथा जोखिम व्यवस्थापन कम्पनी मार्शसँगको सहकार्यमा १ लाख बीमाकको बीमालेखहरू बिक्री गरिरहेको छ ।

२०१६ मा स्थापना भएको पेमि इण्डियाले अत्याधुनिक सूचना प्रविधिको प्रयोग गरेर व्यक्तिगत ऋण सेवा प्रवाहको प्रकृया र परिभाषा नै परिवर्तन गरिदिएको छ । कम्पनीले भारतीय रिजर्व बैंक(केन्द्रीय बैंक) बाट इजाजत प्राप्त गैर बैंक वित्तीय कम्पनीसँग काम गर्दछ जसले तलबी कर्मचारीलाई वित्तीय संकटको सामना गर्न अग्रिम भुक्तानीरतलबी ऋण प्रदान गर्छन् । साथै ग्राहकहरूलाइ पारदर्शीरूपमा वित्तीय उत्पादनहरू प्रस्ताव गरेर सही निर्णय लिन सहयोग गर्छ ।

Esewa
Crest

नेपालमा पनि डिजिटल भुक्तानी सेवा प्रदायकले वित्तीय सेवालाइ सहज बनाउने प्रयास गरेपनि मोबाइल फोनमा भएको एप्समार्फत् नै वित्तीय संस्थाबाट कर्जा प्रदान गर्ने वा बीमालेख खरिद गर्न सक्ने सेवा शुरू गर्न सकेका छैनन् । पेमी भारतले गैर बैंक वित्तीय संस्थासँग मिलेर तलबी कर्मचारीलाइ कर्जा सुविधा प्रदान गरे झैं हायरपर्चेज सेवा प्रदान गर्न राष्ट्र बैंकबाट इजाजत प्राप्त कम्पनीहरूसँग मिलेर कर्जा सुविधा प्रदान गर्न सक्ने संभावनाबारे विचार गर्न सक्नेछन् ।

डिजिटल भुक्तानी सेवा प्रदायकहरूले जीवन वा निर्जीवन बीमालेख बिक्री सेवा भने नेपालमा पनि चाँडै नै शुरू गर्ने भएका छन् । बीमा समितिले संस्थागत बीमा अभिकर्ताको इजाजत खुला गरेसँगै भुक्तानी सेवा प्रदायकहरू पनि व्यवसायीक अवसर छोप्नको लागी संस्थागत अभिकर्ताको इजाजत पत्र प्राप्त गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS