IME Life New

भारतमा अनुचित तरिकाबाट जीवन बीमा पोलिसी बिक्री खतरनाक स्तरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा नियामक र विकास प्राधिकरण (आईआरडीएआई)ले बीमाको पहुँच बढाउन दबाब दिइरहेको बेला बिमा पोलिसीहरुको गलत बिक्री डरलाग्दो तहमा पुगेको चेतावनी दिएको छ।

आईआरडीएआईका सदस्य (वितरण) सत्यजीत त्रिपाठीले यस्तो चेतावनी दिएका हुन्। ‘जीवन बीमाका गुनासाहरु प्रायः उत्पादनसँग सम्बन्धित हुन्छन् तर निर्जीवन बीमाका गुनासा प्रायः दाबी भुक्तानीसँग सम्बन्धित हुन्छन्’, उनले भने, ‘बीमामा प्रवेश बढाउन यस्ता गुनासो छिट्टै समाधान गर्नुपर्छ।’

Esewa
Crest

मुम्बईमा आयोजित तेस्रो सीआईआई वित्तीय शिखर सम्मेलनमा त्रिपाठीले भने, ‘जीवन बीमामा गुनासा उत्पादनहरुको गलत बिक्रीका बारेमा धेरै रहेको छ। मैले भन्नै पर्छ कि यो डरलाग्दो स्तरमा पुगेको छ।’

नीति निर्माताहरुको पनि ध्यानाकर्षण भएको हुनाले यसलाई डरलाग्दो तह मान्नैपर्ने त्रिपाठीको भनाइ थियो। ‘यदि हामी विभिन्न बीमा उत्पादनको बिक्री बढाउन चाहन्छौँ, पहुँच बढाउन चाहन्छौँ, यसलाई किफायती बनाउन चाहन्छौँ भने हामीले निश्चित रुपमा ती गुनासा सम्बोधन गर्नुपर्नेछ’, उनले भने।

आईआरडीएआईको आर्थिक वर्ष २०२३ को वार्षिक प्रतिवेदनमा बीमा भरोसा पोर्टलमा प्राप्त उजुरीका विवरणअनुसार जीवन बीमा कम्पनीहरुबाट कुल १ लाख २४ हजार २९३ उजुरी परेका थिए। जसमध्ये अनुचित व्यापार अभ्यासँग सम्बन्धित उजुरीको हिस्सा २० प्रतिशत थियो। निर्जीवन बीमकले ७८ हजार ३४७ उजुरी प्राप्त गरेका छन्। जसमा दाबी भुक्तानीसँग सम्बन्धित उजुरीको संख्या ६६ प्रतिशत रहेको छ।

जीवन बीमा क्षेत्रमा भन्दा निर्जीवन बीमा क्षेत्रमा दाबी भुक्तानीका गुनासो बढी रहेको त्रिपाठीले बताए। ‘यी दाबीहरु अस्वीकार गर्नेदेखि कम दाबी रकमको भुक्तानीसम्मको दायरा छन्’, उनले भने, ‘अधिकांश उजुरी स्वास्थ्य बीमासँग सम्बन्धित छन्।’

त्रिपाठीले स्वास्थ्य बीमामा नगदरहित सुविधा सिर्जना गर्न स्वास्थ्य मन्त्रालय, बीमा नियामक र अन्य सरोकारवालाको प्रयासले जनसंख्याको ठूलो हिस्सा छिट्टै स्वास्थ्य बीमाको दायरामा ल्याउने सम्भावना रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS