IME Life New

भारतः समर्पण मूल्य बढाउने निर्णयमा पुनर्विचार गर्ने नियामकको इशारापछि शेयर मूल्य बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा नियामकले जीवन बीमालेखको समर्पण मूल्य गणना सम्बन्धी प्रस्तावित प्रावधानमा पुनर्विचार गर्ने जानकारी सार्वजनिक भएपछि पूँजी बजारमा बीमा कम्पनीको शेयर मूल्यमा ३ प्रतिशतले वृद्धि भएको छ। एचडिएफसी लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डिया (एलआइसी), जनरल इन्स्योरेन्स कर्पोरेशन अफ इण्डिया (जिआइसी), र म्याक्स फाइनान्सियल सर्भिसको शेयर मूल्य आइतबार ३ प्रतिशतले बढेको हो ।

समर्पण मूल्यले कुनै पनि जीवन बीमालेखको नगद मूल्यलाई जनाउँछ। बीमितले बीमा अवधि पुरा हुनु अगावै बीमालेख बन्द गर्न चाहेमा यो मूल्य भुक्तानी पाउने बीमितको हक हुन्छ। बीमालेख समर्पण मूल्य बीमा अवधि, भुक्तानी गरिएको बीमाशुल्क र बीमालेखका शर्तमा निर्भर हुन्छ।

Esewa
Crest

गत माघ महिनामा भारतीय बीमा नियामक (आइडीआरएआइ) ले जीवन बीमालेखको समर्पण मूल्य वृद्धि गर्ने योजना सार्वजनिक गरेको थियो । नियामकले बीमितले प्राप्त गर्ने समर्पण मूल्य भुक्तानीवापतको रकममा वृद्धि गर्नका लागि समर्पण मूल्य शुल्क कटौती गर्ने तयारी गरेको छ।

नयाँ प्रावधान लागू भएको अवस्थामा समर्पण मूल्य वृद्धि हुँदा जीवन बीमा कम्पनीहरुको बचत र नाफामा नै असर गर्ने अनुमान गरिएको थियो । दलाल कम्पनीहरुले नयाँ प्रावधानका कारण जीवन बीमा कम्पनीहरुको नाफा अन्तरमा ४०० देखि ५०० बिन्दुसम्म प्रभाव पर्ने अनुमान गरेका थिए ।

सिएनबिसी टिभीएटिनको रिपोर्टका अनुसार जीवन बीमा कम्पनी र जीवन बीमा परिषदले विभिन्न चरणमा नियामकसमक्ष गरेको प्रस्तुती पछि बीमा नियामक निकायले प्रस्तावित समर्पण मूल्य सम्बन्धी प्रावधानको तर्कसंगतीकरणको सम्बन्धमा पुनर्विचार गर्न तयार भएको छ। रिपोर्टका अनुसार जीवन बीमकहरुको निरन्तर दबाब र सुझाव पछि बीमा नियामकले जीवन बीमालेखको अवधिलाई ध्यान नदिई पाँच वर्ष अघि समर्पण गरिने बीमालेखको हकमा समर्पण मूल्यको गणना समान राख्न जीवन बीमा कम्पनीहरुले दिएको सुझावलाई विचार गरिरहेको छ। नियामकले समर्पण मूल्यको गणनाको लागि थ्रेसहोल्ड घटाउने बारे पनि विचार गर्न सक्छ। यदि थ्रेसहोल्ड सीमा तल ल्याइयो भने समर्पण मूल्य पनि घट्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS