IME Life New

भारतः निर्जीवन बीमकको लागी लगानीको दायरा खुकुलो पार्न कार्यदलको सिफारिस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय निर्जीवन बीमा कम्पनीको लागि सुधारका उपायहरु सिफारिस गर्न गठित कार्यदलले निर्जीवन बीमा कम्पनीका लागि लगानीसम्बन्धी विद्यमान प्रावधान खुकुलो बनाउन नियामक निकाय समक्ष सिफारिस गरेको छ ।

भारतीय बीमा नियामक तथा विकास प्राधिकरण (आइआरडिएआइ) लाई विज्ञ सम्मिलित कार्यदलले पेश गरेको सिफारिसमा लगानी सम्बन्धी प्रावधानहरु खुकुलो बनाउन सिफारिश गरेकोे भारतीय अखबार द बिजनेश स्ट्यान्डर्डले उल्लेख गरेको छ ।

Esewa
Crest

निर्जीवन बीमकलाई बीमकको प्रवद्र्धक संस्था भएको अवस्थामा बाहेक अघिल्लो दुई वर्ष लाभांश घोषणा गरेका बैंकले जारी गर्ने अतिरिक्त टियर १९ (एटि वान) श्रेणीको ऋणपत्रमा लगानी गर्न अनुमति दिन सुझाव दिइएको छ । एटि वान ऋण पत्रले लगानीकर्तालाई उच्च प्रतिफल प्रदान गरे पनि विद्यमान प्रावधान अनुसार बीमकहरुलाई त्यस्ता वित्तीय उपकरणमा लगानी गर्न अनुमति छैन ।

अर्को सिफारिसमा बीमकले लाभांश दिने कम्पनीहरुको साधारण शेयरमा मात्र लगानी गर्नुपर्ने प्रावधानलाई हटाउनको लागी सुझाव दिइएको छ । कार्यदलले उच्च लाभांश भुक्तानी गरेका केही कम्पनीहरुको उदाहरण दिंदै ती कम्पनीहरुले अपेक्षित मापदण्डको तुलनामा कमजोर प्रदर्शन गरेको उल्लेख गरेको छ ।

बीमकलाई लाभांश घोषणा नगर्ने तर उच्च वृद्धिको सम्भावना भएका कम्पनीमा लगानी गर्न अनुमति दिँदा उनीहरूलाई संस्थागत समर्थन प्राप्त गर्न मद्दत पुग्छ । कार्यदलले बीमा कम्पनीलाई वाणिज्य बैंक तथा पूर्वाधार विकास बैंकमार्फत पूर्वाधार क्षेत्रमा लगानी बढाउन अनुमति दिन सकिने उल्लेख गरेको द बिजनेश स्टाण्डर्डले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS