IME Life New

भाखा नाघेको महिनादिनभित्र कर्जाको सावाँ ब्याज तिर्दा जरिवाना छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जामा भाखा नाघेको ३० दिनभित्र साँवा व्याज तिरे जरिवाना नलाग्नेने भएको छ । नेपाल राष्ट्र बैंकले क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन,२०७९ संशोधन तथा परिमार्जन गर्दै यस्तो निर्देशन जारी गरेको हो ।

उक्त निर्देशन अनुसार ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा व्याज ३० दिनभित्र तिरे जरिवाना लाग्दैन । साथै यो व्यवस्था भने २०८० जेठ मसान्तसम्ममा भुक्तान भाखा रहेको साँवा व्याजमा मात्र लागू हुने राष्ट्र बैंकले जनाएको छ । तर छुट पाउने अवधिभित्र साँवा व्याज नतिरेको अवस्थामा भने पूर्वनिर्धारित शर्त बमोजिम नै जरिवाला असुल गरिनेछ ।

Esewa
Crest

साथै साना तथा मझौला उद्योग व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको २ करोडसम्मको कर्जालाई सम्बन्धित ऋणीको अनुरोधमा उद्योग व्यवसाय नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी एक पटकका लागि ऋणीले बुझाउनुपर्ने व्याजको १० प्रतिशत रकम असूल उपर गरी कर्जाको पुनरसंरचना वा पुनरतालिकिकरण गर्न सकिनेछ ।

यस्तो पुनरतालिकिकरण भने २०८० असार मसान्तभित्र गरिसक्नुपर्नेछ । पुनरतालिकिकरण गर्दा २०७९ पुस मसान्तमा सक्रिया वर्गमा वर्गीकरण गरी १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS