IME Life New

भलवारी जेसीजको आयोजनामा शेयर शिक्षा कार्यक्रम सम्पन्न 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रूपन्देही । भलवारी जेसीज रूपन्देहीले शेयर बजार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न गरेको छ । अर्थशास्त्री एवम् उपप्राध्यापक अच्युत पन्तले शेयर बजारमा जोखिम न्यूनीकरणको प्रावधानका दृष्टिले नेपाल उपयुक्त बजार रहेको भन्दै बजारमा प्रवेश, दीगो लगानी, अल्पकालीन आय आर्जन, देशको अर्थतन्त्र विश्लेषण लगायत विषयमा प्रशिक्षण गराएका थिए ।

प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै जेसीजका पूर्व अध्यक्ष मुक्तिनाथ गैह्रेले जेसीज आफैमा सीप विकास र मानव विकासको विश्वविद्यालयको रूपमा क्रियाशील भएकोले यो संस्थाबाट सबैले लाभ लिनुपर्ने बताए । शाखाका अध्यक्ष तथा लगानीकर्ता माधवप्रसाद पाण्डेको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो ।

Esewa
Crest

शाखाका कानूनी सल्लाहकार जीवन भट्टराईको सञ्चालन र उपाध्यक्ष रूपेश पाण्डेयको संयोजकत्वमा कार्यक्रम  भएको थियो । सो अवसरमा शाखाका निवर्तमान अध्यक्ष किशोर पंगेनी, निर्वतमान कार्यकारिणी उपाध्यक्ष प्रताप भण्डारी, लोकनाथ खनाल, कोषाध्यक्ष मिन तिवारी लगायतले कार्यक्रमको बारेमा आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS