IME Life New

भदौ ८ गतेसम्ममा शेयर धितोकर्जा १२ करोडमा झार्नु पर्ने, नझारे सत प्रतिशत प्रोभिजनिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ करोड रुपैयाँ भन्दा माथिको मार्जिन प्रकृतिको शेयरधितो कर्जा लिएका ऋणीलाई यहि भदौ ८ गते भित्रमा तोकिएको सिमा भित्र झार्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकिकृत निर्देशन २०७८ मा संशोधन/परिमार्जन तथा थप व्यवस्था गर्ने क्रममा यस्तो निर्देशन दिएको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत ४/१२ करोडको सिमालाई संशोधन गरि अधिकतम सिमा १२ करोडलाई भने यथावत राखेको थियो । सोहि व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएको दिन २०७८ भदौ ८ गते पुर्व कुनै ऋणीलाई उक्त सिमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउदै लगी कर्जाको भुक्तानी अवधि वा सो मितिबाट एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्नेछ भनि थप गरेको छ ।

Esewa
Crest

बैंकहरुले गत भदौ ८ गते भन्द पछाडी १२ करोड रुपैयाँ भन्दा बढि कर्जा प्रवाह गर्न पाउदैनन् । त्यसैले गत वर्ष २०७८ को भदौ ८ गते भन्दा पहिला प्रवाह भएको कर्जा यहि भदौ ८ गतेभन्दा पहिला नै सिमामा झार्नु पर्ने भएको हो ।

राष्ट्र बैंकले यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नविकरण गर्दा कउत सीमा ननाघेको यकिन गरेर मात्रै कर्जा प्रवाव नविकरण गर्नु पर्नेछ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नविकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । यदि अव बैंकहरुले १२ करोड रुपैयाँ भन्दा माथि शेयरधितोकर्जा प्रवाह गरेमा जति धेरे कर्जा प्रवाह गर्छन् सो बराबरकै प्रोभिजनिङ गर्नुपर्ने भएको छ । साथै यदि यस अवधिमा कर्जा नविकरण हुँदा पनि सिमा भन्दा माथि रह्यो भने पनि प्रोभिजनिङ गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS