IME Life New

विद्यालय भवन पुननिर्माण गरी नेपाल बैंकले गर्यो हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकले आफ्नो आर्थिक सहयोगमा बारा जिल्ला परवानीपुर गा.पा.४, चैनपुरमा निर्माण गरिएको विद्यालय भवन नेपाल राष्ट्रिय आधारभुत विद्यालयलाई हस्तान्तरण गरेको छ । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी तथा परवानीपुर गा.पाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीबाट संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी उक्त विद्यालय भवन हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रम नेपाल बैंक लिमिटेडका मधेश प्रादेशिक कार्यालयका प्रमुख प्रदिप कुमार पाठकको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बैंकले विभिन्न क्षेत्रहरुमा छरिएर रहेको निक्षेप संकलन गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुका साथै देशको आर्थिक विकासमा योगदान गर्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व समेत जिम्मेवार ढंगले बहन गरिरहेको बताए ।

Esewa
Crest

साथै २०७५ चैत्र १७ आईतवार बेलुका हावा हुण्डरी (टोर्नाडो) ले यस बारा जिल्ला परवानीपुर गाउँपलिका वडा नं ४, चैनपुरमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा पुर्ण रुपमा क्षति पुगेको समाचार प्राप्त हुनासाथ बालबालिकाहरुलाई अध्ययनमा पुग्न सक्ने बाधा व्यवधानलाई मध्यनगर गरी तत्काल प्रक्रिया अगाडि बढाइएको र २०७६ बैशाख २९ मा बैंकद्वारा ५० लाख सहयोग गर्ने निर्णय गरिएको समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS