IME Life New

बोनस शेयरपछि ४२% हकप्रद ल्याउने एसियन लाइफको निर्णय, ५ अर्ब चुक्तापुँजी पुर्याउन अझै १७ करोड नपुग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को बोनस शेयर जारीपछि चुक्तापुँजीको ४२ प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको माघ १९ गते बसेको बैठकले उक्त आर्थिक वर्षको बोनस शेयर वितरणपछि कायम हुन आउने चुक्तापुँजीको ४२ प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको हो। आगामी वार्षिक साधारणसभाबाट लाभांश वितरणको प्रस्ताव पारित भएपछि उक्त लाभांश वितरणपश्चात हकप्रद शेयर जारी गर्ने कम्पनीले जनाएको छ।

Esewa
Crest

हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब १५ करोड ५३ लाख ५१७ रुपैयाँको ७.७५ प्रतिशतले हुन आउने २४ करोड ४५ लाख ३५ हजार ७९० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ १ करोड २८ लाख ७० हजार ३०५ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ पुग्नेछ। कम्पनीले यो चुक्तापुँजीको ४२ प्रतिशतले हुन आउने १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८.९४ रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ।

हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५.९४ रुपैयाँ पुग्नेछ। नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी पुर्याउन अझै १७ करोड २२ लाख ३२ हजार ४४४.०६ रुपैयाँ कम हुने देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%
happy

खुसी

38%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS