IME Life New

बोनसदर रु. ४० मा झरेपछि देशैभर आन्दोलन गर्दै एलआईसी नेपालका अभिकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेसागत बीमा अभिकर्ता संघ बीमक समिति एलआईसी नेपालले बीमितले पाउने बोनसलगायतको सुविधा थप्न माग गर्दै देशव्यापी आन्दोलनको चेतावनी दिएको छ। संघका अनुसार बीमितले प्राप्त गर्ने वास्तविक बोनसदर ४० रुपैयाँमा झरेकाले बीमित ठगिने अवस्था आउन नदिन आन्दोलनमा उत्रिनुपर्ने बाध्यता भएको हो।

संघका अध्यक्ष नरबहादुर घर्ती र सचिव अमन श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै कम्पनीको बोनसदर वृद्धि र बीमालेख नम्बर ३३३ र ३४२ को साबिकको सुविधा र बीमाशुल्क दर कायम राख्न माग गरेका छन्। माग पूरा नभए आइतबारदेखि देशैभरका शाखा कार्यालयमा तालाबन्दी गर्दै बीमालेख बिक्री ठप्प पार्ने चेतावनीसमेत संघले दिएको छ। पहिलेकै बोनसदर पुनः कायम नगरेसम्म आन्दोलन जारी रहने पनि संघले जनाएको छ।

Esewa
Crest

संघले जारी गरेको विज्ञप्तिअनुसार बीमा योजना नम्बर ३३३ र ३४२ लाई परिमार्जन गर्दा साबिकको बीमाशुल्क दरमा ०.५ देखि ५ प्रतिशतसम्म मात्र बीमाशुल्क दर वृद्धि हुने आश्वासन दिएकोमा नयाँ जारी बीमा योजना नम्बर ३६५ मा १२ प्रतिशतले बीमाशुल्क वृद्धि गरिएको भन्दै संघले आपत्ती जनाएको छ। संघका अनुसार कम्पनीले साबिक ३३३ र ३४२ नम्बरको बीमा योजना बन्द गरेर महँगो बीमाशुल्क दरको बीमालेख प्रचलनमा ल्याएको छ।

साबिकको दुई बीमालेखमा अतिरिक्त सुविधा दुर्घटना मृत्यु लाभ र बीमाशुल्क छुट सुविधासमेतको बीमाशुल्कमा एकमुष्ठ २ प्रतिशत छुट दिँदै आएकोमा अहिले छुट हटाइएको भन्दै छुटलाई निरन्तरता दिन संघले माग गरेको छ। संघका अनुसार अन्य कम्पनीभन्दा कमजोर बोनसदर र महँगो बीमाशुल्कका कारण अभिकर्ताले बीमालेख बिक्री गर्न कठिनाइ हुने जनाएको छ।

संघले बीमाशुल्क र बोनसदर गणनाको उदाहरण उल्लेख गर्दै १० वर्षे अवधिका लागि ३० वर्ष उमेरको व्यक्तिले १ लाख बीमांकको बीमा गर्दा अन्त्यमा जम्मा ४० हजार रुपैयाँ बोनस पाउने जनाएको छ। संघका अनुसार १० वर्षको अवधि पूरा हुँदा बीमितले कुल १ लाख १२ हजार बीमाशुल्क भुक्तानी गरिसक्ने तर कम्पनीबाट जम्मा १ लाख ५२ हजार रुपैयाँ हात पर्ने भएकाले वास्तविक वार्षिक बोनसदर ४० रुपैयाँमात्र कायम हुने देखिएको छ।

अभिकर्ता संघले कम्पनीको व्यवस्थापनले पछिल्लो समयमा बीमित, कर्मचारी अभिकर्तासमेतको सुविधा कटौती गरी सञ्चालक र संस्थापक शेयरधनीलाई मात्र प्रतिफल दिलाउन उद्धत्त रहेको आरोपसमेत लगाएको छ।

संघले बीमालेखको प्रावधान संशोधन गरी साबिकको प्रावधानलाई निरन्तरता र बोनसदर वृद्धि नगर्दासम्म संघको आन्दोलन जारी रहने अध्यक्ष घर्तीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

10%
sad

दु :खी

20%
amazed

अचम्मित

10%
excited

उत्साहित

60%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS