IME Life New

बैशाख १७ गतेदेखि आरविवि म्युचुअल फण्ड २ को इकाई निष्काशन हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चलन हुने आरविवि म्युचुअल फण्ड २ को इकाई आगामी बैशाख १७ गतेदेखि निष्काशन तथा विक्री खुला हुने भएको छ । कोष प्रबर्द्धक राष्ट्रिय वाणिज्य बैंक रहेको छ भने योजना व्यवस्थापका आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

प्रतिइकाई अंकित मूल्य १० रूपैयाँ दरको १२ करोड इकाईमध्ये न्यूनतम १ करोड ८० लाख वा विक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक रुपमा विक्री गर्न लागिएको हो ।

Esewa
Crest

यस इकाई निष्काशन बन्द छिटोमा बैशाख २१ गतेसम्म रहेको छ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि वैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म माग गर्न सकिनेछ ।

योजनाको इकाई बाँडफाँड भएको मितिले १० वर्ष अवधि पश्चा्त योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ । इकाई विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

यस इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS