IME Life New

बैंक सर्भरको हस्ताक्षर नै असुरक्षित, नक्कली हस्ताक्षर र चेकमार्फत रकम झिकिन थाले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्थाका सर्भर भण्डारण गरिएको सर्वसधारणको हस्ताक्षर अनाधिकृत व्यक्तिले पहुँच पुग्न थालेपछि सर्वसधारण त्रसित हुन पुगेका छन् ।

प्रहरीले हालै पक्राउ गरेको आधा दर्जन व्यक्तिले बैंक सर्भरसम्म पहुँच पुर्याई नक्क्ली चेक तथा नक्कली हस्ताक्षर मार्फत जनता बैंकबाट १९ लाख ९९ हजार रुपैयाँ निकालेपछि सर्वसधारण समेत आफ्नो खाताबाट रकम चोरी हुनसक्ने भन्दै त्रसित हुन पुगेका छन् । त्यस्तै मुक्तिनाथ विकास बैंकबाट समेत १० लाख रुपैयाँ त्यसैगरी चोरी भएको छ ।

Esewa
Crest

वित्तीय क्षेत्रका अपराधीहरुले सर्वसधारणले बैंकमा राखेको रकम चेकमार्फत सजिलै झिक्न थालेपछि नेपाल बैंकले नयाँ चुनौति सामना गर्नु परेको छ । बैंकको सर्भरमा रहेको हस्ताक्षरमा अनाधिकृत रुपमा पहुँच पुर्याउन सफल भएपछि नक्कली चेक र नक्कली हस्ताक्षरमार्फत थुप्रै मानिसको खाताबाट रकम निकालिएको तथ्य हालै उजागर भएको छ ।

अर्कैको हस्ताक्षर र चेक प्रयोग गरी लाखौँ रुपैयाँ निकाल्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार नक्कली चेक र हस्ताक्षरमार्फत जनता बैंकबाट १९ लाख ९९ हजार रुपैयाँ निकाल्ने सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, सुमन पौडेल र गोविन्द घिमिरे पक्राउ परेका हुन् ।

जनता बैंकका खातावाला गोपालमान राज बाहकको खाताबाट रकम निकाल्न नक्कली चेक तथा नक्कली हस्ताक्षर गरेको खुलेको छ । उनीहरुले चेक कसरी निकाले तथा हस्ताक्षर कसरी थाहा पाए भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डारलाग्दो कुरा के छ भने उक्त गिरोहले आधा दर्जन बैंकका सयौं चेक रकम निकाल्न ठिक्क पारेको अवस्थामा बरामद गरेको छ । साथै सो घटनाको अनुसन्धान गरिरहेको प्रहरीले भालिपल्ट रकम निकाल्दै गरेको थप व्यक्ति पक्राउ परेपछि प्रहरी तथा नेपाल राष्ट्र बैंक समेत झस्किएको छ ।

बैंकका सर्भरमा प्रमाणिकरणको लागि राखिएको विभिन्न व्यक्तिको खाताको हस्ताक्षर हुबहु मिलाउनुले बैंकिंग क्षेत्र निकै असुरक्षित रहेको तथ्य उजागर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS