IME Life New

बैंक वित्तीय संस्थाका कर्मचारी माथि सांघातिक आक्रमण, सुरक्षाको प्रत्याभूती गराउन बैंकर्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक वित्तीय संस्थाका कर्मचारीहरु माथि सांघातिक आक्रमण बढ्न थाले पछि बैंक वित्तीय संस्थाहरुको छाता संघ संघठनले सुरक्षाको प्रत्याभूतीको माग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा सरोकारवाला निकाय सँग सुरक्षाको माग राखेका छन् ।

पछिल्लो समय केही व्यक्ति समूहहरुले बैंक/वित्तीय तथा लघुवित्त संस्थाहरुका कर्मचारीहरु प्रति लक्षित गरी धम्कीपूर्ण अभिव्यक्तिहरु, अराजक व्यवहार र सांघातिक आक्रमणको प्रयास गर्दै आइरहेका छन् । यस्तो कार्यप्रति चार वटै संघठनले घोर निन्दा गरेका छन् ।

Esewa
Crest

बैंक/वित्तीय तथा लघुवित्त संस्थाहरुले ग्राहकको सेवालाई प्राथमिकतामा राखेर निरन्तर रुपमा देशभरी सेवा प्रदान गर्दै आइरहेका छन् । विभिन्न समयमा मुलुकमा आईपरेको महा–भूकम्प, कोभिड महामारी जस्ता विषम परिस्थितीमा समेत आफ्नो ज्यानलाई जोखिममा राखेर अग्रपंक्तिमा रही सेवा प्रदान गर्दै आइरहेको उनले जनाएका छन् । बैंक वित्तीय संस्थाका कर्मचारीहरु माथि जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्की लगायतका क्षेत्रमा भएको धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दी गर्दैको भन्दै उनिहरुले घोर आपत्ती जनाउनुका साथै घट्नामा संलग्न दोषीहरुलाई यथाशिघ्र हदैसम्मको कारवाहीको माग राखेका छन् ।

अराजक र उत्तेजित अभिव्यक्ति दिई यस प्रकारका घटनालाई प्रोत्साहन गर्ने नेतृत्व पंक्तिलाई समेत कानूनी दायरामा ल्याउनु पर्ने उनिहरुको माग छ । यस प्रकारका अप्रिय घटना नरोकिएमा कर्मचारीहरुको सुरक्षा निमित्त बैंकिङ्ग सेवा नै सुचारु हुन नसक्ने सम्भावना रहेको भन्दै उनिहरुले चेतावनी दिएका छन् ।

बैंकिङ्ग जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको आक्रमणले समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको हुँदा यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिई भईरहेका अराजक घट्नालाई समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसंग उनिहरुले अनुरोध गरेका छन् ।

यस प्रकारका क्रियाकलापहरु कसैको हितमा नहुने, यसले असहज वातावरण सृजना गर्ने, सामाजिक सहिष्णुता खलल पुर्याउने, आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्ने र अन्ततः अर्थतन्त्र नै धराशायी हुन सक्ने हुनाले यस प्रति सजग रहन उनिहरुले सबैलाई आग्रह गरेका छन् ।

समस्त ग्राहकहरुको हक–हितलाई मुख्य प्राथमिकतामा राखी निक्षेपकर्ताको बचतलाई सुरक्षण दिंदै, ऋणीहरुलाई कर्जा प्रवाह गरी देशमा आवश्यक पूँजी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै पारदर्शी रुपमा नियामक निकायबाट निर्देशित सिद्घान्तलाई अक्षरस पालना गर्दै अगाडी बढीरहेको यस संवेदनशील वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भय रहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीहको सुरक्षाको प्रत्याभूती गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग उनिहरुले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS