IME Life New

बैंक अफ काठमाण्डूले शुरु गर्यो क्लियरिङ्गका चेक मेसिनबाट जम्मा गर्ने सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने अभिप्राय सहित विभिन्न सेवाहरुलाई डिजिटल तवरले प्रदान गर्दै आइरहेकोमा आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अब बैंकमा अन्य बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी हुनेगरी खिचिएको क्लियरिङ्ग चेकहरु कियोस्क मेसिन मार्फत जम्मा गर्न सकिने सेवाको शुभारभ्भ गरेको छ ।

यस नयाँ सेवा मार्फत ग्राहकहरुले बिना कुनै झन्झट सजिलैसँग मेसिनमा चेक जम्मा गर्न सक्नेछन् । यस सेवाको शुभारभ्भ पश्चात् ग्राहकहरुले भौतिक रुपमा कुनै भौचर नभरि केबल आफ्नो जम्मा गर्नुपर्ने क्लियरिङ्गका चेकहरु मेसिनबाट सोझै आफ्नो खातामा जम्मा गर्न मिल्ने ब्यवस्था रहेको छ ।

Esewa
Crest

ग्राहकहरुलाई सहज बैंकिङ्ग प्रदान गर्नपर्छ भन्ने अभिप्रायले बैंकले ल्याएको यस सुबिधामा ग्राहकहरुले चेक जम्मा गर्ने मेसिनमा जम्मा गर्नुपर्ने खाता नम्बर, रकम, चेक जारी भएको मिति, चेक जम्मा गर्न आएकाहरुको सम्पर्क नम्बर तथा क्लियरिङ्ग सेसन लगायतका विवरणहरु राखे पश्चात् जम्मा गर्ने चेक स्क्यान गरी चेक जम्मा गर्न सक्नेछन् । उक्त चेक जम्मा भएपश्चात् ग्राहकहरुले चेक जम्मा भएको प्रमाणिकरणको लागि मेसिनबाट जारी हुने भौचर प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले उक्त सेवा हालको लागि आफ्नो मुख्य शाखा कार्यालय कमलादीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशभरका सम्पूर्ण शाखा कार्यालयहरुमा समेत विस्तार गर्ने योजना रहेको छ ।

कियोस्क मेसिन मार्फत क्लियरिङ्ग चेक जम्मा गर्ने सेवाले चेक जम्मा गर्नको लागि भौतिक रुपमा भौचर भरी बैंकको चेक जम्मा गर्ने काउन्टरमा लाइन बसी चेकहरु जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकहरुलाई छुटकारा मिल्ने विश्वास बैंकले लिएको छ ।

बैंकको हाल १०४ शाखा कार्यालयहरु, ९४ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS