IME Life New

बैंक अफ काठमाण्डूले ल्यायो इकमर्श कारोबार गर्दा क्यास ब्याक पाइने योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डूले कार्डबाट इकमर्श कारोबार गर्दा क्यास ब्याकको योजना ल्याएको छ । बैंकले नेपालीहरुको आउदै गरेको महान चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण इकमर्श कारोबारमा नगद फिर्ता योजना ल्याएको जनाएको छ । यस नगद फिर्ता योजना यहि २०७९ साल भाद्र २२ गते बुधबारबाट सुरु हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार बैंकको कार्डबाहकहरुले विभिन्न ईकमर्स प्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्नुभएमा ग्राहक महानुभावहरुले कारोबार गरेको रकमको १० प्रतिशत वा अधिकतम् रु १५०० सम्म नगदफिर्ता पाउने छन्।

Esewa
Crest

यस नगदफिर्ता योजना अन्तर्गत बैंकको कार्डबाहकहरुले नगदफिर्ताको लागि योजना अवधिभर ३ वा सो भन्दा धेरै संख्याको ईकमर्स कारोबार गर्नुपर्ने छ र कारोबार रकम रु १०,००० वा सो भन्दा बढि रकम हुनपर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार यदि कोहि ग्रहाकहरुको कार्ड अनलाइन कारोबारको लागि दर्ता भएको छैन भने बैंकको वेवसाइटमा गई आफै कार्ड अनलाइन कारोबारको लागि दर्ता गर्न सक्ने छन् अथवा आफुलाई पायक पर्ने बैंकको कुनैपनि शाखा कार्यालयमा गई अनलाइन कारोबारको लागि निशुल्क दर्ता गर्न सक्ने छन्।

हालसम्म बैंकले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS