IME Life New

बैंक अफ काठमाण्डूको नगद फिर्ता योजना चाडपर्वपछि पनि निरन्तरता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले चाडपर्वको अवसरमा ल्याएको २५ प्रतिशत नगद फिर्ता योजनालाई चाडपर्वपछि पनि निरन्तरता दिने भएको छ । बैंकले चाडपर्व पश्चात् पनि आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबारमा २५ प्रतिशत सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको हो ।

बैंकका अनुसार यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नुहुने ग्राहक महानुभावहरुले नगदफिर्ता योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा रु। १५० सम्मको नगदफिर्ता पाउने छन् । यस नगदफिर्ता योजना २०७९ साल कार्तिक १५ गते मंगलबारबाट २०७९ साल कार्तिक ३० गते बुधबारसम्म मात्र रहने बैंकले जनाएको छ ।

Esewa
Crest

ग्राहकहरुलाई विधुतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले चाडपर्वहरुमा मात्र नभई बैंकले चाडपर्व पश्चात् पनि २५५ सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको बैंकले जनाएको छ । विद्मुतिय कारोबारमा बैंकको ग्राहक महानुभावलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि विभिन्न नगदफिर्ता तथा छुटको योजनाहरु ल्याई ग्राहक महानुभावहरुलाई लाभाम्वित बनाउन बैंक प्रतिवद्ध रहेको जनाएको छ ।

बैंकले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS