IME Life New

बैंक अफ काठमाडौंमा मुद्दति खाता खोलेकी सुभद्रालाई सिद्धार्थ इन्स्योरेन्सद्वारा एक लाख दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डूमा मुद्दती खाता खोलेकी एक महिलाले बिरामी हुँदाको उपचार खर्च बापत एक लाख रुपैयाँ सिद्धार्थ इन्स्योरेन्सबाट भुक्तानी पाएकी छिन् ।

बैंक अफ काठमाडौंले सिद्धार्थ इन्स्योरेन्ससँग सहकार्य गरी विभिन्न सुविधासहित कूल १२ लाख रुपैयाँको बीमा अतिरिक्त सुविधा दिने सम्झौता अनुसार बैंक अफ काठमाडौंमा मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आईरहेकी शुभद्रा श्रेष्ठ बिरामी हुँदाको औषधी उपचारको लागत खर्च बापत उक्त रकम सिद्धार्थ इन्स्योरेन्समार्फत लिई बैंक अफ काठमाडौंले भुक्तानी गरेको जनाएको छ ।

Esewa
Crest

बैंकको सहायक महाप्रबन्धक मनिष कुमार सिंहले बैंकको मुद्दति निक्षेपका ग्राहक शुभद्रा श्रेष्ठलाई उक्त बीमा दाबी रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ । बैंकका अनुसार श्रेष्ठले बैंक अफ काठमाण्डूको साँखु शाखामा बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आईरहेकोमा केही पहिले बिरामी भई उपचार गर्नु परेको थियो ।

श्रेष्ठले औषधी बिल सहित दावी गरेपछि बैंकले सिद्धार्थ इन्स्योरेन्समा बीमा दावी गरेको थियो । बैंक अफ काठमाण्डूले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ ११ लाख रुपैयाँसम्मको बीमा सुबिधा उपलब्ध गराउँदै आईरहेको छ । बीमा सुबिधा अन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तता लागि पाँच लाख रुपैयाँ, १८ घातक रोगहरुको लागि पाँच लाख रुपैयाँ तथा औषधी उपचारको लागि एक लाख रुपैयाँको बीमा सुविधा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS