IME Life New

बैंकहरुले फागुनमा निक्षेपको ब्याजदर यथावत राख्ने, आधार व्याजदर घटे पछि मात्रै‌ कर्जाको घट्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाणिज्य बैंकहरुको छाता संगठनले फागुन महिनाका लागि निक्षेपको व्याजदर नघटाउने निर्णय गरेको छ । आज बिहीबार बसेको बैठकले फागुनमा निक्षेपको ब्याज दर यथावत राख्ने निर्णय गरेको हो ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलको निर्देशन पछि बाणिज्य बैंकहरुले माघ महिनाका लागि निक्षेपको व्याजदर घटाएका थिए । पुस महिनामा बैंकहरुले ११.४१ प्रतिशत व्याजदर कायम गरेका थिए । आगामी फागुन महिनामा पनि यहि व्याजदर कायम रहनेछ ।

Esewa
Crest

बैंकहरुले माघ मै निक्षेपको व्याजदर घटाए पनि कर्जाको व्याजदर भने बैशाखदेखि मात्रै घट्ने बैंकरहरुले जनाउदै आएका छन् । निक्षेपको व्याजदर मासिक रुपमा परिवर्तन भए पनि कर्जाको व्याजदर त्रैमाशिक रुपमा परिवर्तन हुने बैकहरुले जनाउदै आएका छन् ।

माघ र फागुन महिनामा निक्षेपको व्याजदर तल झर्ने वित्तीकै बैंकहरुको आधार व्याजदर पनि तल झर्नेछ । आधार व्याजदर तल झर्ने वित्तीकै कर्जाको व्याजदर पनि तल झर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS