IME Life New

बैंकर र रेमिट्यान्स कम्पनीका सञ्चालकले भुक्तानी सेवा प्रदायकको बोर्डमा प्रतिनिधित्व गर्न नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको सञ्चालक समितिमा प्रतिनिधित्वका लागी थप बन्देज लगाएको छ । राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त बैंक तथा वित्तीय संस्था, मनिचेन्जर, विप्रेषण कम्पनी, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालकमा सञ्चालक/पदाधिकारीको रुपमा बहाल रहेको व्यक्ति एकै पटक अन्य भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थामा प्रतिनिधित्व गर्न वा कुनै पनि पदमा बहाल रहन नपाउने प्रावधान लागू गरेको छ ।

यसअघि संवैधानिक पद धारण गरेको व्यक्ति वा संघीय संरचना बमोजिमको स्थानीय, प्रादेशिक वा संघीय तहको पदाधिकारीमा निर्वाचित व्यक्ति पदमा बहाल रहुञ्जेलसम्म भुक्तानी सेवा प्रदायक वा प्रणाली सञ्चालक संस्थाको सञ्चालक समिति सदस्य वा अन्य कुनै पदमा बहाल रहन नपाउने प्रावधान मात्र रहेको थियो ।

Esewa
Crest

कुनै अनुमतिपत्रप्राप्त संस्थामा भुक्तानी सम्बन्धी कार्य गर्ने अर्को संस्थाको लगानी रहेको अवस्थामा लगानीकर्ता संस्थाको तर्फबाट कर्मचारीले लगानी रहेको संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्न तथा नेपाल सरकार वा राष्ट्र बैंकले नियुक्त गरेको अवस्थामा प्रतिनिधित्व गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS