IME Life New

बैंकर्स संघको बिज्ञप्ति विरुद्ध बीमा अभिकर्ताहरु आन्दोलनको तयारीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकाले बैंकहरुको मुनाफामा ठूलो असर पर्ने भन्दै निर्देशिका संशोधन गर्न बैंकर्स संघले माग गरेपछि बीमा अभिकर्ताहरुले पनि आन्दोलनको तयारी गरेका छन् ।

नेपाल बैंकर्स संघको हिजो बसेको बैठकले बैंकमार्फत हुँदै आएको बीमा अभिकर्ता (बैंकास्योरेन्स) खारेज गर्दा देशमा बीमाको पहुँच बिस्तारमा अबरोध पुग्ने, बैंकहरुको आम्दानीमा असर पर्ने भन्दै खारेज गरिएको बैंकास्योरेन्स फिर्ता लिन माग नेपाल राष्ट्र बैंक समक्ष माग गर्ने निर्णय गरेको थियो ।

Esewa
Crest
नन्द प्रसाद तिवारी, अध्यक्ष पेशागत बीमा अभिकर्ता संघ

बैंकर्स संघले संस्थागत रुपमा मौद्रिक नीतिमा उल्लेखित बैंकास्योरेन्स खारेजीले बैंकिङ क्षेत्रमा गम्भिर समस्या उत्पन्न हुने भन्दै बिज्ञप्ति जारी गरेपछि बीमा अभिकर्ताहरु पनि आन्दोलनको तयारी गरेका हुन् । संस्थागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले बैंकर्स संघको बक्तव्यप्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । अध्यक्ष तिवारीले भने, ‘बैंकमार्फत बीमा गर्ने प्रयास–अभ्यास हेरिसकियों, त्यो असफल भइसकेको छ । हामीले राष्ट्र बैंक, अर्थमन्त्रालय, संसद समेतलाई बुझाउने प्रयास गरेका थियौं । हामीले कुरा बुझाउन सफल भएका छौं । प्रयोगबाट असफलसिद्ध बैंकास्योरेन्स फिर्ता गर्ने प्रयासलाई सफल हुन दिँदैनौं ।’

बीमा अभिकर्ताहरुको छाता संगठन अभिकर्ता संघले छिट्टै छलफल गरेर आन्दोलनको घोषणा गर्ने तिवारीले इन्स्योरेन्स खवरलाई प्रतिक्रिया दिए । उनले आफूहरु कुनै पनि हालतमा बैंकलाई अभिकर्ताको लाईसेन्स दिने पक्षमा नरहेको र खारेज गरिएको नीति ब्यूँताउन खोजे जस्तोसुकै आन्दोलन गर्न तयार रहेको प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS