IME Life New

बैंकर्स संघको कर्णाली प्रदेशमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिद्वारा भाद्र २१ गते जाजरकोट, खलङ्गामा वित्तीय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सम्बन्धमा विद्यमान नीतिगत व्यवस्था सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम  संचालन गरेको छ ।

नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिका संयोजक राजन कुमार पोखरेलको अध्यक्षता रहेको सो कार्यक्रममा अतिथिको रुपमा माननीय गणेश प्रसाद सिंह, नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश प्रमुख विनय सिग्देल, जिल्ला समन्वय समितिका प्रमुख कालि बहादुर खत्री, प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही, वीमा समिति कर्णाली कार्यालय प्रमुख पदम सोडारी, बैंकका प्रतिनिधिहरु र स्थानियहरुको उपस्थितीमा कार्यक्रम संचालन भएको हो ।

Esewa
Crest

सो कार्यक्रममा नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिका संयोजक पोखरेलले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा कार्यविधि तथा सहुलियतपूर्ण कर्जाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम पश्चात् सहभागीहरुले उपरोक्त कार्यक्रम प्रभावकारी तथा जानकारीमुलक भएको र भविष्यमा समेत पुनः यस प्रकारका कार्यक्रमहरु आयोजना गर्न सुझाब पेश गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS