IME Life New

बैंकको बीमा अभिकर्ता एजेन्सी खारेज हुँदा अभिकर्ताहरु खुशी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तिय संस्थाहरुलाई बीमा अभिकर्ता बन्न नपाउने गरी खारेज गरिदिएपछि बीमा अभिकर्ताहरु भने खुशी देखिएका छन् ।

पेशागत अभिकर्ता संघ नेपालका अध्यक्ष नन्द प्रसाद तिवारीले बैंकले बीमा अभिकर्ताको दुरुपयोग गरेकाले खारेज गर्नु परेको बताए । उनले बीमा अभिकर्ताहरुको गुम्न लागेको रोजगारी फर्कने वातावरण सिर्जना भएको प्रतिक्रिया इन्स्योरेन्स खवरलाई दिएका छन् । बैंकमार्फत बीमा अभिकर्ताको एजेन्सी खारेज गरिएपछि बीमा अभिकर्ताहरुले भने खुशी व्यक्त गरेका छन् । अध्यक्ष तिवारीले देशैभरिका बीमा अभिकर्ताहरु खुशी भएको बताए । उनले भने, ‘हामीले विगत दुई वर्षदेखि नै यो बैंकले सबै काम गर्न हुने तर बीमाको काम गर्न हुँदैन भनेर भनेका हौं ।

Esewa
Crest
नन्द प्रसाद तिवारी, अध्यक्ष पेशागत बीमा अभिकर्ता संघ

बेरोजगारी बढिरहेको सन्दर्भमा रोजगार दिइरहेको बीमा अभिकर्ता पेशा खोसेर भइरहेको राजगारी खोस्ने काम भयो भनेर हाम्रो विरोध थियो, त्यो आज सफल भएको छ । हामीले अर्थसमितिका सभापतिसहितलाई यो अभियान चलायौं । आज त्यसले एउटा स्वरुप ग्रहण गरेर हाम्रो सामू आईपुग्दा देशैभरिका बीमा अभिकर्ता साथीहरु खुशी हुनु भएको छ ।’ तिवारीले उक्त निर्देशिकाको अक्षरस पालना हुनुपर्नेमा जोड दिँदै केही बैंकहरुले अझै पनि बीमा अभिकर्ताको काम गरिरहेको सूचना आएकोले नियमित अनुगमन गर्नुपर्ने समेत बताएका छन् ।

अध्यक्ष तिवारीले बैंकमार्फत गरिने बीमाका कारण विकृति फैलदै गएको समेत बताए । व्यक्तिको आम्दानी, खर्चको विश्लेषण गर्न व्यक्तीको कार्यक्षेत्रमै पुगेर जसरी बीमा अभिकर्ताले दुःख गरेको हुन्छ, बैंकको काउन्टरमा बसेर गरिएको बीमा भरपर्दौ नहुन पनि सक्ने औल्याए ।

अध्यक्ष तिवारीले भने, बीमा अभिकर्ताले आम्दानी खर्चको मोटामोटी सर्भे गरेर प्रतिवेदन बनाएर बीमा गर्नुपर्ने हुन्छ । बैंकका कर्मचारीहरुले आफ्नो अड्डामा बसेर काम गरेका हुन्छन्, कसरी बास्तविक फिगर आउँछ ?’ राष्ट्र बैंकले बैंकहरुको बीमा अभिकर्ता एजेन्सी खारेज गरेर बीमा र बैंकिङ दुवै क्षेत्रलाई फाइदा मिल्ने अध्यक्ष तिवारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS