IME Life New

बीमितसँग रकम संकलन गरेर आफै कुम्ल्याउँने अभिकर्ता पनि बजारमा छन्-स्वस्तिराज ओली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

स्थायी घर दोलखा भएका स्वस्तिराज ओली  हाल ललितपुुर हरिहर भवनमा बँस्छन् । व्यवस्थापन संकायमा स्नातक तह उत्तिर्ण गरेका ओली युनियन लाईफ इन्स्योरेन्स कम्पनीका सिनियर एजेन्सि म्यानेजर हुन् ।

स्वस्तिराज ओली सिनियर एजेन्सी म्यानेजर

ओली भन्छन्, यो पेशामा आवद्ध हुनु भन्दा अगाडि बीमाका बारेमा खासै जानकारी थिईन, एक दिन एउटा साथिको करमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीको अभिकर्ता तालिममा सहभागि भएको थिए । त्यस तालिमले नै मलाई अभिकर्ता पेशामा लाग्न प्रेरित गर्यो, मैलै त्यहिबाट बुझे बीमालाई अनि यस पेशालाई । “सिनियर डिजिएमको अभिकर्ताको तालिमले मलाई एकदमै यो पेशामा आउन प्रेरित गर्यो, राम्रो आम्दानी, कमिशन साथै समाजसेवा हुने कामले गर्दा पनि म यो पेशामा संलग्न भए”, उनले भने ।

Esewa
Crest

बीमा अभिकर्ताको लाइसेन्स प्राप्त गरेपछि शुरुमा आफ्नै बीमा गराएका ओली भन्छन् “मेरो इन्स्योरेन्स थिएन र मैले पहिलो बीमा आफ्नै गरे, आफुले इन्स्योरेन्स गरे पछाडि अरु लाई गर भन्न सजिलो हुन्छ जस्तो लाग्यो,” । आफ्नो, परिवारको बीमा गराए पछि उनले एक जना बहिनिको बीमा गराएका थिए । पहिलो बीमा गराउँदा खासै मेहेनत त गर्नु परेन, बीमाका महत्व र आवश्यकताका बारेमा मैले भन्दा उहाँले सहजै स्वीकार गरेको उनले बताए ।

बीमा अभिकर्ता पेशामा आवद्ध हुनु अघि बैंकमा काम गर्ने ओली यो पेशामा आवद्ध भए सँगै एकदम सन्तुष्ट प्राप्त गरेको बताउँछन् । टिमबाट काम हुन्छ यहाँ, तर बैंकमा त्यो सम्भव थिएन, आफु अनुकुलको समय दिन सकिन्छ, स्वच्छ पेशा छ, त्यसैले बैंक भन्दा यहाँ बढी सन्तुष्ट भएको उनले बताए ।

कोहि कोहि अभिकर्ताहरु जो चाहिँ प्रोफेशनल हुन सकेनन, त्यस्ता अभिकर्ताहरुले गर्दा आज समाजमा अभिकर्ता पेशा बद्नाम हुन पुगेको उनी बताउँछन् । तालिम नलिने बीमाका बारेमा थौरै ज्ञान हुने वित्तिकै ग्राहक सामु पुग्ने, प्रोडक्टको बारेमा पनि ज्ञान नहुने केही साथिहरुको कारणले गर्दा सबैमा असर पुग्न गएको छ उनले बताए । बीमितहरुबाट पैसा संकलन गर्ने र पैसाहरु आफै खर्च गरिदिने केहि अभिकर्ताहरु पनि बजारमा पाईन थालेका छन् ।

आज पनि नेपाली समाजमा बीमा शिक्षा छैन् यो बीमा क्षेत्रमा देखिएको मूख्य चुनौति हो । उनी भन्छन् “कतिपय अभिकर्ता साथिहरुले गलत जानकारी दिने गरेको पाईन्छ यो चाहिँ बीमा क्षेत्रको अर्को चुनौति हो । बीमितबाट पैसा लिने, कम्पनीमा बुझाउन नजाने जस्ता गलत कार्यहरु आज केही बीमा अभिकर्ताहरुमा देखा परेको छ ।”

बीमितहरुलाई कहिल्लै केहि नहोस् भन्ने सोच हामि अभिकर्ताहरुमा हुन्छ । यदि केहि दुर्घटना भई गएमा आर्थिक समस्या बीमितहरुलाई हुँदैन् । त्यसैले बीमा विल्कुल समाजसेवा हो । उनी भन्छन्, हामि अभिकर्ताहरुले सरकारलाई कर तिर्छौ, जसले गर्दा राष्ट्र निमार्णमा पनि ठोस सेवा पुग्छ । समाजमा छरिएर रहेका फण्डहरु लाई संकलन गर्छौ, यसरी संकलन गरिएका फण्डहरु बैंकमा जान्छ र मोभिलाइज र रि युज गर्न सकिन्छ,” ।

बीमा प्रस्ताव लिएर जाँदा कतिपयले मरे पछि आउने पैसा के काम भन्ने उत्तर दिने गरेको बताउँछन् ओली । तर, कतिपयले बुझाए पछि सहजै बुझने गरेको उनी बताउँछन् ।

बीमा अभिकर्तामा धेरै गुणहरु हुन जरुरी छ । ओली भन्छन् कम्पनी प्रोफाइल, प्रोडक्टको बारेमा पोख्त, ग्राहकको स्वभाव कस्तो छ त्यो बुझ्न सक्ने क्षमता चाहिन्छ, ग्राहकहरुको पारिवारिक अवस्था साथै उसको आम्दानी कस्तो छ, थाहा पाएर मात्र त्यसै अनुसारको उपयुक्त प्रोडक्टका मानिसलाई सिफारिश गर्नुपर्छ ।
“बीमा भनेको जोखिम न्युनिकरण साथै बचत पनि हो । अभिकर्ता बीमा कम्पनी र बीमितको बीचमा मध्यस्थकर्ताको रुपमा काम गर्ने व्यक्ति हो,” उनले भने ।

ओली भन्छन् नेपाली समाजलाई बीमाको दायरामा ल्याउने मूख्य भुमिका अभिकर्ताहरुको नै हुन्छ । कम्पनीहरु गाँउ गाँउ, टोल टोल पुग्न सक्दैनन्, कम्पनी पुग्न नसकेको ठाँउमा पुग्ने भनेको नै अभिकर्ताहरु हुन्, त्यसैले सबै भन्दा बढी जिम्मेवार त अभिकर्ताहरु नै हुन्छन् जस्तो लाग्छ ।

अभिकर्ताहरु शहर केन्द्रित मात्र हुनु हुँदैन । बीमाको दायरा सबैमा पुर्याउनका लागि महत्वपूर्ण योगदान अभिकर्ताहरुको नै हुने भएकाले गाँउमा पनि गएर बीमाको प्रचार गर्नु पर्छ । बीमा गराउनु भन्दा पनि बीमाको शिक्षा दिनु पर्छ, उनले भने ।

श्रीमती र एक छोरी सँग रहँदै आएका ओली यो पेशामा सन्तुष्ट छन् । बीमा कम्पनीहरुले अभिकर्तालाई विभिन्न किसिमका तालिम, अभिकर्ताहरुलाई प्रेरित गराउने खालका स्किममहरु लगायत विभिन्न खालका कार्यक्रमहरु आयोजना गर्नाले अभिकर्ताहरुलाई सहज हुन्छ । अभिकर्ताहरु माझ यस्ता खालका कार्य प्रणाली ल्याएमा बीमा क्षेत्रमा आवद्ध जो कोहिले पनि राम्रो काम गरेर देखाउन सक्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS