IME Life New

बीमा ‘सरेण्डर’ को दबाबमा झिनो गिरावट, नाै महिनामै बाहिरियो रू. ९ अर्ब ६५ करोड

SPIL
काल्पनिक तस्वीर
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरूमा बीमालेख समर्पण(सरेण्डर) को चापमा संख्यात्मक हिसाबले मिश्रित अवस्था देखा परेको छ। सञ्चालनमा रहेका १४ जीवन बीमकमध्ये तीनवटा कम्पनीको बीमालेख समर्पण संख्यात्मक हिसाबले गत आवको चैत्र मसान्तको तुलनामा चालू आवको चैत्र मसान्तसम्ममा घटेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार समिक्षा अवधिमा बीमालेख समर्पण संख्या १०.३१ प्रतिशतले बढेपनि समर्पण मूल्य भुक्तानीवापतको रकम ३.७७ प्रतिशतले गिरावट आएको छ । समिक्षा अवधिमा चालू आवमा बीमितले ७९ हजार २६० बीमालेख समर्पण गर्दै ९ अर्ब ६५ करोड ८१ लाख ३२ हजार रूपैयाँ भुक्तानी लगेका छन् । गत आवको सोही अवधिमा ७१ हजार ८५१ बीमालेख समर्पणमार्फत् बीमितले कूल १० अर्ब ३ करोड ६० लाख २४ हजार भुक्तानी लगेका थिए ।

Esewa
Crest

समिक्षा अवधिमा नेपाल लाइफ, नेशनल लाइफ र मेट लाइफको समर्पण संख्या र समर्पण मूल्य दुबै गत आवको तुलनामा घटेको छ। बीमालेख संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्सका बीमितले सर्वाधिक संख्या बीमालेख बन्द गराएर समर्पण मूल्य भुक्तानी लिएका छन् । यस अवधिमा १४ जीवन बीमकमध्ये नेपाल लाइफ, नेशनल लाइफ, एशियन लाइफ, सूर्यज्योति लाइफ, हिमालयन लाइफ, मेट लाइफको समर्पण मूल्य भुक्तानीमा पोहोरको भन्दा गिरावट आएको छ ।

प्राधिकरणका अनुसार नेपाल लाइफबाट २२ हजार २९४ वटा बीमालेख समर्पण गरेर बीमितले ३ अर्ब ४७ करोड ६८ लाख ४४ हजार रूपैयाँ भुक्तानी लिएर बाहिरिएका छन् । कूल समर्पण बीमालेख संख्याको आधारमा यो २८.१३ प्रतिशत हो । समर्पण मूल्यको आधारमा नेपाल लाइफको हिस्सा ३६ प्रतिशत रहेको छ।  गत आवको सोही त्रैमासम्ममा २४ हजार ८३ वटा बीमालेख समर्पण गरिएका थिए । गत आवमा समर्पण गरिएको बीमालेख संख्याका आधारमा नेपाल लाइफको हिस्सा सर्वाधिक ३३.५२ प्रतिशत रहेको थियो । बीस हजारभन्दा माथिको संख्यामा बीमालेख समर्पणको सामना गर्ने यो एक मात्र जीवन बीमक हो । कम्पनीले चालू आवमा संख्या र भुक्तानी दुबैको आधारमा गत आवको चैत्र मसान्तको तुलनामा झिनो सुधार गरेको छ।

भारतीय संयुक्त लगानीको जीवन बीमक एलआइसीबाट १५ हजार ३५ बीमालेख समर्पण गरेर बीमितले २ अर्ब ५ करोड ४३ लाख ९२ हजार रूपैयाँ भुक्तानी लगेका छन् । गत आवको चैत्र मसान्तसम्ममा ९ हजार २८६ बीमालेख समर्पणवापत कम्पनीले बीमितलाइ २ अर्ब ४ करोड ५१ लाख ६० हजार रूपैयाँ समर्पण मूल्य भुक्तानी गर्नुपरेको थियो । बीमालेख संख्या ६१.९१ प्रतिशतले बढ्दा समर्पण मूल्य भुक्तानीमा जम्मा ०.४५ प्रतिशतको झिनो वृद्धि भएको छ।

संख्यात्मक हिसाबले सिटिजन लाइफको समर्पण प्रतिशत पोहोरको भन्दा १४१ प्रतिशतले बढेको छ। चालू आवको पहिलो नौ महिनामा १ हजार ८१७ वटा बीमालेख बन्द गराएका छन् । गत आवमा सोही अवधिमा  जम्मा ७५३ वटा बीमालेख समर्पण गरिएको थियो । समर्पण मूल्य भुक्तानी २९.७८ प्रतिशतले बढेर  १० करोड ९२ लाख ८४ हजार रूपैयाँ पुगेको छ । रकम भुक्तानीको हिसाबले यो १४ जीवन बीमकको कूल समर्पण मूल्य भुक्तानी रकमको तुलनामा जम्मा १.१३ प्रतिशत हो । संख्यात्मक हिसाबले बीमालेख समर्पणमा  ७४.०८ प्रतिशत वृद्धिको सामना गर्नु परेको आइएमइ लाइफको मूल्य भुक्तानीमा ८०.९८ प्रतिशतको उल्लेख्य वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS