IME Life New

बीमा समितिलाई निप्सको सुझाव, प्रादेशिक कार्यालयलाई अधिकार प्रत्यायोजना गर्नु पर्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रदेश नम्बर दुईमा बीमा सम्बन्धि जनचेतना अभिबृद्धि गर्ने विषयमा बीमा समिति र नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी ‘निप्स’को प्रदेश नम्बर दुईको कार्यसमित विचमा बुधबार छलफल सम्पन्न भएको छ । बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले बीमा समितिले सोमबार र मंगलबार जलेश्वर र मटीहानी नगरपालिकामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेर आज निप्सका पदाधिकारीहरु सँग छलफल गरेको  ।

निप्सको यस कार्यसमितिमा प्रदेश नम्बर दुईमा रहेका विभिन्न बीमा कम्पनीहरुको शाखा कार्यालयमा कार्यरत अधिकृत भन्दा माथिल्लो तहका कर्मचारीको आवद्धता रहेको छ ।

Esewa
Crest

समितिले निप्स सँग भेटर यस क्षेत्रमा रहेका समस्याका विषयमा बुझेको थियो । केन्द्रिय कार्यालयमा काम गर्ने कर्मचारीहरुलाई मात्रै भेटघाट गर्ने बीमा समितिले यस पटक भने निप्सको क्षेत्रिय कार्यसमिति मार्फत समस्याहरु बुझ्ने मौका पाएको छ । यस क्षेत्रमा ८ हजार भन्दा धेरै सक्रिय अभिकर्ताहरु रहेका छन् ।

दुई नम्बर प्रदेशमा रहेका बीमा कम्पनीका ब्रान्च म्यानेजरहरु सँग समन्वय गरेर जनचेतना मुलक कार्यक्रम आयोजना गर्न निप्सले बीमा समितिलाई सुझाव दिएको छ । यस क्षेत्रमा बीमा सम्बन्धि जनचेतना एक दमै कम भएकाले समिति र कम्पनीहरुको समन्वयमा जनचेतनाका कार्यक्रम आयोजना गर्नु पर्ने उनिहरुको तर्क छ ।

महोत्तरी जिल्लाको सदरमुकामा समेत एउटा पनि निर्जीवन बीमा कम्पनीहरुको नभएको पाइएको लालले बताए । कम्पनीहरुले शाखा कार्यालय सञ्चालन नगर्दा यस क्षेत्रका मानिसहरु कृषि बीमा र सम्पत्ती बीमाबाट बञ्चित हुन पुगेको लालले बताए । यस क्षेत्रलाई धनुषामा रहेका शाखा कार्यालयले मात्रै हेर्ने गरेको पाइएको छ ।

शाखा विस्तारका क्रमका अनुमति लिन आउने कम्पनीहरुलाई यस क्षेत्रमा शाखा कार्यालय खोल्न निर्देशन दिइने निर्देशक लाले जानकारी दिए । बीमा कम्पनीहरुले प्रादेशिक स्तरका कार्यालय सञ्चालन गरे पनि अधिकार प्रत्योजना नगर्दा त्यसले खासै अर्थ नराखेको भन्दै निप्सेले यस विषयमा समितिलाई आवस्यक कमद चाल्न सुझाव दिएको छ ।

यस क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई कम्पनीहरुले स्किल डेभलपमेन्टको तालिम प्रदान नगर्दा पछाडि परेको निप्सको धारणा रहेको छ । कर्मचारीहरुलाई तालिम नदिदा उनिहरु आफैले जानेर बुझेर काम गर्नु पर्ने बाध्यता रहेकाले पनि यस क्षेत्रमा व्यवसाय विस्तार हुन नसकेको पाइएको सहायक निर्देशक थापाले जानकारी दिए ।

अहिले बीमा समितिले सुरु गरेको अभियानमा कम्पनीहरुलाई पनि संलग्न गराएर नियमित रुपमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनु पर्ने उनिहरुले माग राखेका छन् । बीमा कम्पनीहरु जति धेरै स्थानीय स्तरमा भिज्न सक्छन् उनिहरुले व्यवसाय पनि त्यहि अनुसार भित्र्याउनु सक्ने भएकाले स्थानिय स्तरमा जनचेतनाको कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गर्न निप्सले सुझाव दिएको छ । प्रदेश दुईमा बीमा सम्बन्धि शिक्षाको अभाव कम भएकाले स्थानीय भाषामै बीमा सम्बन्धी कार्यक्रमहरु तयार पार्नु पर्ने उनिहरुको धारणा रहेको छ । यसका लागि बीमा समिति तथा बीमा कम्पनीहरुले स्थानीय भाषामा होडिङ बोर्ड, रेडियो टेलिभिजन तथा पत्रपत्रिकामा प्रचार मुलक सामाग्री तयार पार्न निप्सेले सुझाव दिएको छ ।

जीवन बीमा गर्दा पहिला दुई वर्षमा अभिकर्ताले बीमा शुल्कको २५/२५ प्रतिशतका दरले कमिसन तथा इन्सेटिभका लागि जवरजस्ती बीमा गराउने तर तेस्रो वर्षमा सरेण्डर गराउने गलत प्रवृत्ती यस क्षेत्रमा धेरै रहेको पाइएको छ । यसको समाधानको लागि बीमा ऐनमै सुरुको दुई वर्षमा कमिसन तथा इन्सेन्टिभको दर घटाउनेर यसको अवधि १० सट्टा १४ वर्ष पुर्याउनु पर्ने उनिहरुको सुझाव रहेको छ ।

यस क्षेत्रमा कार्यरत शाखा प्रमुखहरुलाई एकै पटक भर्चुअल माध्यमबाट कार्यक्रम गराउन उनिहरुको सुझाव छ । यदि बीमा समितिले प्रदेश स्तरका ब्रान्च म्यानेजरहरुलाई भर्चुअल माध्यमबाट कार्यक्रम गराउने हो भने समितिले सबै कुराहरु थाहा पाउने र उनिहरुले पनि जान्ने बुझ्ने मौका पाउने निप्सको राय छ ।

लघु बीमा र पशुपन्छी बीमालाई विस्तार गर्नका लागि कम्पनीहरुलाई जम्मा व्यवसायको निश्चित प्रतिशत लघु र पशुपन्छी बीमा हुनै पर्ने व्यवस्था गरिदिने हो भने उनिहरु बाध्य भएर गाउँमा जान र व्यवसाय विस्तार गर्न बाध्य हुने निप्सको सुझाव छ ।

निप्सले दिएको सुझाव तथा स्थानीय निकायका पदाधिकारीको माग लगायतका कुराहरुलाई बीमा समितिमा आएर छलफल गरिने लालले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

स्थानिय निकायसँग बीमा समिति, मटिहानी नगरपालिकाले बीमाको पहुँच बढाउन नीति बनाउने

सिमानाका नेपाली नागरिक अझै पनि भारतीय कम्पनी मार्फत बीमा गराउदै

बीमा समितिले जलेश्वर नगरपालिकाबाट सुरु गर्यो बीमा सचेतना कार्यक्रम, निर्देशक लालको नेतृत्वमा १५० जनाको सहभागिता

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS