IME Life New

बीमा व्यवसायमा लघु बीमाको हिस्सा नगण्य, ४० अर्बको व्यापारमा जम्मा ४८ करोड योगदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमास(असोज मसान्तसम्म) मा जीवन बीमा व्यवसायमा लघु बीमाले कुल बीमाशुल्क आम्दानीको हिसाबले जम्मा १.१९ प्रतिशत हिस्सा ओगटेको छ। प्राधिकरणका अनुसार कूल ४० अर्ब ८० करोड ४६ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएकोमा लघु बीमालेखको बिक्रीबाट ४८ करोड ६९ लाख ११ हजार रुपैयाँ मात्र स‌ंकलन भएको छ।

यसैगरी बीमालेख स‌ंख्याको आधारमा तुलना गर्दा कूल जारी बीमालेखमध्ये २७.९६ प्रतिशत लघु बीमालेख रहेको छ। चालू आवको असोज मसान्तसम्ममा जीवन बीमकले बिक्री गरेको कूल १ करोड ३८ लाख ६७ हजार ५८१ वटा जीवन बीमालेख मध्ये ३८ लाख ७८ हजार ४८७ वटा लघु बीमालेख बिक्री गरेका छन् । सबैभन्दा धेरै बागमती प्रदेशमा ३१ लाख २० हजार ६५८ वटा बीमालेख बिक्री भएको छ भने सबैभन्दा थोरै  २० हजार ६८६ वटा बीमालेख कर्णाली प्रदेशमा बिक्री भएको छ।

Esewa
Crest

सुगम भएर पनि मधेश प्रदेशका विपन्नको छैन बीमामा पहुँचः

सुदूरपश्चिमको तुलनामा पूर्वाधारमा पहुँच र भाैगोलिकरुपमा सुगम भएर पनि मधेश प्रदेशमा लघु बीमाको व्यापार कमजोर छ। सुदूरपश्चिम प्रदेशले लघु बीमालेखको बिक्रीबाट समीक्षा अवधिमा २ करोड ५१ लाख ८० हजार रुपैयाँ स‌ंकलन गर्दा मधेश प्रदेशबाट २ करोड ५७ लाख १९ हजार रुपैयाँ मात्र स‌ंकलन भएको छ। जनसंख्या र जनघनत्व दुबैका हिसाबले मधेश प्रदेश सुदूरपश्चिमभन्दा अगाडी रहेको छ। तर मानव विकास सूचका‌ंक र गरिबीको हिसाबले देशकै सबैभन्दा कमजोर सूचक भएको प्रदेशमा दरिन्छ मधेश प्रदेश ।

मानव विकास सूचकांकको अवस्थालाई नियाल्ने हो भने मधेशको ०.४२१ प्रतिशत छ। सबैभन्दा सानो भूगोल भएपनि कूल जनस‌ंख्याको झण्ड २१ प्रतिशत आवादी मधेश प्रदेशमै रहेको छ। मधेश प्रदेशमा लघु बीमाको माध्यमबाट गरिबी निवारणमा योगदान पुर्याउनका लागी संघीय सरकार, मधेश प्रदेश सरकार र स्थानीय निकायले बीमा प्रवर्द्धनका लागी नीतिगतरूपमा प्रोत्साहन गर्नु जरुरी देखिएको छ।

आर्थिकरुपमा विपन्न र अति विपन्न वर्गलाई लक्षित गर्दै नेपाल बीमा प्राधिकरणले लघु बीमालाई प्रवर्द्धन गरे पनि लघु बीमा अझै पनि तुलनात्मकरुपमा सुगम क्षेत्रमा मात्र सीमित रहेको छ। प्राधिकरणले लघु बीमा व्यवसाय गर्ने बीमक बाहेक अन्य बीमकलाई समेत कूल व्यवसायको न्यूनत्तम ५ प्रतिशत व्यवसाय लघु बीमाबाट गर्न निर्देशन जारी गरेपनि यसको पालना हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS