IME Life New

बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेशद्वारा बुढीगङ्गा नगरपालिकामा बीमा जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश धनगढीले बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिकामा जनचेतनामुलुक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। सुदुर पश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बुढीगङ्गा नगरपालिका बाजुराका जनप्रतिनिधि, स्थानीय अगुवा कृषक, कृषि सहकारि सस्थामा आबद्ध महिला तथा कृषक, बीमा कम्पनीका शाखा प्रमुख , बीमा अभिकर्ताहरु, बडिमालिका क्याम्पसका प्राध्यापक लगायत स्थानीयहरूको व्यापक सहभागिता रहेको थियो ।

उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश कार्यालयका सहायक निर्देशक दिपक ज्ञवालिले सञ्चालन गरेका थिए । कार्यालयका कर्मचारी खेमराज जोशिले स्वागत मन्तव्य थिए । कार्यक्रममा बाख्रा पालक कृषकहरूले जिल्लामा बीमा कम्पनहरूले बीमा दावि भुक्तानी गर्दा कम रकम दिएको र समयमा भुक्तानी नदिने जस्ता समस्या रहेको गुनासो गरेका थिए ।

Esewa
Crest

त्यस्तै, कार्यक्रममा सहभागीहरूले बीमा प्राधिकरणले बीमालाई सहजरूपमा स्थानीय स्तरमा पुर्‍याउन र छिटो दाबि भुक्तानीका लागि सहजिकरण गरिदिनुपर्ने कुरा राखेका थिए ।

कार्यक्रममा कृषकहरूले राखेका जिज्ञासाको जबाफ प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारीले दिएका थिए भने बीमा कम्पनीबाट उक्त जिल्ला हेर्ने कम्पनी युनाइटेड इन्स्योरेन्सका शाखा प्रमुख प्रेम राज रेग्मीले समेत कृषकका जिज्ञासाको समाधान गर्ने र अबको दिनमा कृषकलाई थप सजिलो गरि बीमा सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

उक्त कार्यक्रममा जनप्रतिनिधि पदम भण्डारीले नगरपालिकाबाट कृषकहरुलाई बिमामा समेट्न हामी सबै मिलेर पहल गर्ने कुरा व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रदेश प्रमुख ओम बहादुर अधिकारिले स्थानीय तहबाट नगरपालिकाले समेत कृषकहरूको कृषि बीमा गर्दा थप सहुलियत प्रदान गरि कृषि पेशालाई थप आत्मनिर्भर र स्वरोजगार उन्मुख बनाउन सहयोग गर्दै सरकारले बजेट मार्फत लिएको एक परिवार एक बीमा कार्यक्रमलाई थप सहयोग पुर्‍याउन अनुरोध समेत गरेका थिए ।

त्यसैगरी सहभागीहरुलाई आफुले गर्ने दैनिक खर्चलाई कम गरि पैसा जम्मा गरी बीमा गर्न पनि आग्रह गरे । न्यून आय भएका तथा पिछडिएका वर्गलाई बीमामा समेट्ने उद्देश्यले नेपाल बिमा प्राधिकरणले सुदूरपश्चिम प्रदेशको धनगढीमा लघुबीमा कम्पनी स्थापना गर्न लागिएको कुरा पनि उनले बताए ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने बुडिगङ्गा नगरपालिका, बीमा कम्पनी लगायत सम्पूर्ण सहभागीहरुलाई प्रदेश प्रमुख ओम बहादुर अधिकारिले धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS